जुम्ला ।
बालदिवसको अवसरमा हिमा गाउँपालिकाले हाजिरी जवाफ प्रतियोगिता राखेको थियो । उक्त प्रतियोगितामा भानु माध्यमिक विद्यालय पाथरखोला प्रथम भएको छ ।
बालबालिकामा लगानी, सुनिश्चितता भविष्यको थालनी, भन्ने मुल नाराका साथ ५९ औं बालदिवस हिमा गाउँपालिकाले विभिन्न कार्यक्रम गरि विभिन्न स्थानमा भव्यका साथ सम्पन्न गरेको हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण शाहीले बताउनु भयो ।
उक्त प्रतियोगितामा ६ वडा माध्यमिक विद्यालय सहभागी भएका थिए । जस्मा स् प्रथम भानु माध्यमिक विद्यालय पाथखोला, द्वितिय राहदेव माध्यमिक विद्यालय मोफ्ला र तृतीयमा कालिका माध्यमिक विद्यालय तलिकुडू भएको आयोजक हिमा आधारभूत विद्यालय कोइरेली रहेको प्रधानाध्यापक महेश रावलले जानकारी दिनु भयो।
५९ औं राष्ट्रिय बालदिवस देशभर मनाइएको छ । त्यस्तै गरी हिमा गाउँपालिकामा पनि हाजिरी जवाफ प्रतिस्पर्धासँगै विभिन्न स्थानमा विभिन्न कार्यक्रम गरि भव्यका साथ मनाएको अध्यक्ष शाहीले बताए ।
विसं २०२१ भदौ ४ गतेदेखि मनाउन सुरु गरिएको राष्ट्रिय बालदिवस २०६३ सालमा भदौ २९ गतेका दिन मनाउन थालिएको हो । नेपालमा बालदिवस रत्नराज्यलक्ष्मी देवी शाहले आफ्नो जन्म दिन पारी २०२१ भदौ ४ गते नेपाल बाल संगठन बाल मन्दिर स्थापना गरि अनाथ, टुहुरा बालबालिका संरक्षणको थालनी गरेर दिनलाई राष्ट्रिय बालदिवस घोषणा गरेर नियमित रुपमा मनाउन थालेको पाइन्छ ।
जुम्लाको हिमा गाउँपालिकाका विभिन्न स्थानमा बालदिवस भव्यका साथ मनाएर सान्त रुपमा सम्पन्न भएको थियो ।