जुम्ला ।
जुम्लाको हिमा गाउँपालिका वडा नम्बर १ आचार्य लिहीको ६ कोठे २ तलाको पक्की भवनको हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण शाहीले शनिबार उद्घाटन गर्नु भएको थियो ।
आर्थिक वर्ष २०७९ र ०८० को विनियोजित बजेटले भक्की भवन निर्माण कार्य सम्पन्न भएर पालिका अध्यक्ष शाहीले उद्घाटन गर्नु भएको हो ।
राष्ट्रिय योजना आयोगको आर्थिक सहयोग र हिमा गाउँपालिकाको समन्वयमा १ करोड २० लाख बजेटले दुई तले ६ कोठे पक्की भवन निर्माण कार्य सम्पन्न भई उद्घाटन भएको प्रधानाध्यापक धनलक्ष्मी धितालले बताउनु भयो ।
विद्यालयलाई जग्गा दान गर्नु हुने व्यक्तिलाई उक्त कार्यक्रमको उद्घाटनमा प्रमुख अथिति शाहीले सम्मान गर्नु भएको थियो । धर्मराज आचार्य , लाल रावत र विष्णु प्रसाद आचार्यले अहिले लगाएको नयाँ भवन लगाएको १ हजार वर्ग मिटर आफ्नो नाम्मा भएको जग्गा विद्यालयलाई दिनु भएको छ ।
नयाँ भवनको उद्घाटनका विशेष अथिति रहनु भएका जिल्ला अधिकारी जयकुमार घिमिरेले भने , विकासको पुर्वधार मध्ये शिक्षा पनि पर्छ । तर यसमा स्थानीय सरकारले ध्यान चासो नदिएको बताए ।
भवन उद्घाटनमा हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण शाही , उपाध्यक्ष सुर्पुर्ना शाही , वडा अध्यक्ष , कर्मचारी लगायतको उपस्थिति रहेको थियो । भवन उद्घाटनमा साँस्कृतिक नाचगान समेत रहेको थियो । आएका अथितिलाई फुलमाल , अविरले व्यापक समान विद्यालयले गरेको थियो ।