डा. शेखर कोइराला पक्षका नेताहरूको बैठक आज बस्दै
    • Bell Sanchar

    • २ आश्विन २०८०, मंगलवार

काठमाडौं ।

नेपाली कांग्रेसका संस्थापनइतरका नेता डा. शेखर कोइराला पक्षका नेताहरूको बैठक आज बस्दै छ ।

महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रदीप पौडेललाई समेत बैठकमा बोलाइएको छ । विश्व–प्रदीपलाई समूहमा भित्र्याउने उद्देश्यले बैठक डाकिएको नेता शेखर निकटका एक केन्द्रीय सदस्यले जानकारी दिए ।

तर, प्रदीप पौडेल भने बैठकमा उपस्थित नहुने भएका छन् । आजै उनी चीन  जाने भएकोले उपस्थित नहुने भएका हुन् ।

१४औं महाधिवेशनपछि विश्व–प्रदीपसहितको बैठक शेखरले पहिलो पटक गर्न लागेका हुन् ।

शेखर–गगन समूहमा विश्व–प्रदीपलाई भित्र्याउनका लागि उक्त पक्षका केही नेताहरुले सक्रियता देखाइरहेका थिए । केन्द्रीय समिति बैठकअघि विश्व–प्रदीपलाई सहभागी गराएर संस्थापनइतरले छलफल गर्न लागेको छ ।

बैठक आज शेखरको सम्पर्क कार्यालय बालुवाटारमा बस्ने गरी बोलाइएको छ । बैठकका शेखर–गगन पक्षका केन्द्रीय सदस्यहरु पनि सहभागी हुने उक्त समूहका एक नेताले जानकारी दिए ।

साउनको केन्द्रीय समितिको बैठकअघि उक्त समूहको बैठक बस्न सकेको थिएन ।

केही दिनअघि विश्व–प्रदीप सहितको बैठक नेता अर्जुननरसिंह केसीले बोलाएका थिए । उक्त बैठकले नेता शेखरसँग परामर्श गरेर विश्व–प्रदीपसहितको बैठकको तयारी गर्न केन्द्रीय सदस्य बलबहादुर केसीलाई जिम्मेवारी दिएको थियो ।

साताकाे चर्चित
सम्बन्धित