काठमाडौं ।
राष्ट्रपति रामचन्द्र पौडेलले ६७० जना कैदीहरूको भुक्तान हुन बाँकी कैद कट्टा गरी सजाय माफ गरेका छन्।
मंगलबार संविधान दिवसको उपलक्ष्यमा ६७० कैदीको सजाय माग गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन्।
भीमबहादुर खवास समेत ४९७, हर्कबहादुर लिम्बु समेत १७० जना र जेष्ठ नागरिक सहनदिन भन्ने समदिन मियाँ समेत ३ जनाको सजाय माफ गरिएको हो।
भदौ २९ गते बसेको मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको हो।