काठमाडौँ । ‘
समावेशी र सीपमूलक शिक्षा : स्वदेशमै युवा राष्ट्रको इच्छा’ भन्ने नाराका साथ आज राष्ट्रिय शिक्षा दिवस, २०८० विभिन्न कार्यक्रम गरि सम्पन्न भएको छ। राष्ट्रिय स्तरमा निजी लगानीका विद्यालय तर्फ २०७९ को माध्यमिक शिक्षा उत्तीर्ण परीक्षाको नतिजा मूल्याङ्कनमा आधारमा बूढानीलकण्ठ स्कुल पुरस्कृत भएको हो। देशभरका विद्यालय मध्ये कक्षा १२ को नतिजाका आधारमा शिक्षा मन्त्रालयले उक्त विद्यालयहरुलाई पुरस्कृत गरेको हो । पुरस्कार स्वरूप विद्यालयले ‘ राष्ट्रिय शिल्ड’, ध्वजा र रु १ लाख पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिएको थियो ।
राष्ट्रिय शिक्षा दिवस २०८० को अवसरमा मंगलबार आयोजित कार्यक्रममा कार्यवहाक प्रधानमन्त्री एवं रक्षा मन्त्री पूर्णबहादुर खड्काले विभिन्न सम्मानित बिधालय लाई नगद पुरस्कार , राष्ट्रिय शिल्ड र ध्वजा सहित पुरस्कृत गरेका थिए । कार्यक्रममा बोल्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले राष्ट्रसेवक र जिम्मेवार शिक्षक/कर्मचारीले विद्यार्थीको पढ्न पाउने हकलाई कुण्ठित गर्न नहुने बताए।
उनले मुलुकका प्रतिभाहरुलाई सम्मान र आवश्यक वातावरण सिर्जना गर्न नसके प्रतिभा पलायनलाई रोक्न नसकिने कुरालाई सरकारले राम्रोसंग बुझेको बताउदै मन्त्री राईले शिक्षा क्षेत्रमा उत्कृष्टहरुलाई सरकारले प्रोत्साहन गर्ने बताए। उक्त कार्यक्रममा बुढानिलकण्ठ विद्यालयले आफ्नै शब्द, स्वर, सङ्गीत र रचना भएको राष्ट्रियता झल्कने नृत्य प्रस्तुत गरेको थियो ।
नृत्यमा बौद्धिक पलायनलाई रोक्नुपर्ने र युवाहरू आफ्नै देश निर्माणमा जुट्नु पर्ने भाव प्रस्तुत गरिएको थियो साथै अन्य बिधालयले पनि आफ्नो विभिन्न गित,संगित सङै नृत्य प्रस्तुत गरेका थिए। संचार गृहहरु सङ्ग कुरा गर्दै बुढानिलकण्ठ विद्यालयका प्राध्यापक होमनाथ आचार्यले बुढानिलकण्ठ स्कुल एउटा स्कुल मात्र नभई देशको गौरव हो।
विद्यार्थीलाई हाम्रो बिधालयले गुणस्तरीय शिक्षा मात्र नभई बिद्यार्थीको जीवन सङ्ग जोडने सीप पनि सिकाउदै आएका छौ। हामीले नैतिक शिक्षा संगै हाम्रो संस्कृति जोगाउने संस्कृत भाषाको पनि पाठ्यसामग्री बिधालयमा समाबेश गरेका छौ। सरकारले दिएको यो सम्मान बाट हामीलाई अझ उर्जा थपिएको उनले बताए । नेपाल सरकारले संविधानको मौलिक हकको कार्यान्वयनका लागि ‘अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७५’ प्रमाणीकरण भएको मितिलाई आधार मानी गत जेठ ९ गतेको मन्त्रिपरिषद्को बैठकले यस वर्षदेखि हरेक असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय गरेको थियो ।