नराकोटमा अपाङ्गता सशक्तीकरण केन्द्र स्थापना
नराकोटमा अपाङ्गता सशक्तीकरण केन्द्र स्थापना
    • बेल संचार

    • ७ आश्विन २०८०, आईतवार

जुम्ला ।

सिँजा गाउँपालिका ३ नराकोटमा अपाङ्गता सशक्तीकरण केन्द्रको स्थापना भएको छ । अल्पकालीन आवास सम्बन्धि कृयाकलाप, शैक्षिक कार्यक्रमहरुलाई सहयोग पुर्‍याउने कृयाकलाप, मानव स्वास्थ्य सम्बन्धि अन्य कृयाकलापहरु वृद्धवृद्धा तथा अपाङ्गता भएका व्यक्तिहरुका लागि गाँसवासको व्यवस्था बाहेक सामाजिक कार्यका कृयाकलापहरु कृषि विज्ञान परामर्श गर्ने अपाङ्गता सशक्तीकरण केन्द्र संस्थाका अध्यक्ष सत्य नारायण न्यौपानेले बताउनु भयो ।

अध्यक्ष न्यौपानेका अनुसार अपाङ्गता व्यक्तिको हकहितका लागि लड्न सेवा दिलाउनको लागि संस्था स्थापना गरेको न्यौपानेले बताए ।

सो कार्यक्रम उद्घाटन सिँजा गाउँपालिका उपाध्यक्ष सितली रोकायाले गर्नु भएको हो । उनले भनिन् अपाङ्गता व्यक्तिहरुको कार्यालयको स्थापना भएको छ । यस संस्थालाई १ वर्षको कार्यालय भाडा आफूले बेहोर्ने समेत रोकायाले बताउनु भएको छ ।

अपाङ्गता भएका व्यक्तिहरुको गोष्ठी, सम्मेलन, तालिम, कार्यक्रम लगायतका काममा सिँजा गाउँपालिकाले सहयोग गर्ने अध्यक्ष धेितालले बताए ।

कार्यालयमा आवश्यक भौतिक सामाग्रीको सहयोग गरिने र अपाङ्गता भएका व्यक्तिले पनि हरेक काम गर्न सक्छन् । यस्ता व्यक्तिलाई हामी सबैले अवसर दिनु पर्छ । धितालले भने , समाजमा फरक क्षमता भएका व्यक्तिलाई अपहेलित गर्ने , होच्याउने , हेप्ने जस्ता कार्य गरेमा कानुनी रुपमा दण्ड सजाय भएता पनि कोही कसैले पनि यस्ता व्यक्तिलाई त्यस्तो कार्य नगर्न अध्यक्ष धितालले आग्रह गर्नु भएको छ ।

अपाङ्गता भएका व्यक्तिहरुको लागि जुम्ला क्षेत्र नम्बर ( ख ) मा संस्था स्थापना गर्ने टिमलाई राष्ट्रिय अपाङ्ग महासंघ केन्द्रीय सदस्य रामकृष्ण न्यौपालेले बधाई दिनु भयो ।

अपाङ्गता भएका व्यक्तिहरुको शिक्षा, स्वास्थ्य, गाँसवास र हकहितका लागि र सेवा दिनको लागि सिँजाको नराकोटमा संस्था स्थापना गरेर कार्यालयको उद्घाटन गरिएको केन्द्रीय सदस्य न्यौपानेले बताए ।

पहिलो चरणमा अपाङ्गता सशक्तीकरण केन्द्रको कार्यालय उद्घाटन भएको थियो । दोर्सो चरणमा अपाङ्गता भएका व्यक्तिहरुसँग छलफल होटेल सिजा भ्यालीमा भएको थियो ।

साताकाे चर्चित
सम्बन्धित