काठमाडौं
नेकपा (एमाले) बागमती प्रदेश अधिवेशन आजदेखि शुरू हुँदैछ । काठमाडौंको भृकुटीमण्डपमा अध्यक्ष केपी शर्मा ओलीले अधिवेशनको उद्घाट गर्ने तयारी रहेको छ ।
बागमती प्रदेशको नेतृत्वका लागि एमालेका नेताहरूबीच निकै प्रतिस्पर्धा देखिएको छ । अध्यक्ष ओली चुनाव हुन नदिने पक्षमा देखिएका छन् । तर, आकांक्षी भने चुनावी प्रतिस्पर्धामा जाने पक्षमा छन् ।
लुम्बिनी प्रदेशमा उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलबीच समूह बनेर प्रतिस्पर्धा भएको थियो ।