जनताले चाहे भने, राजतन्त्र आउने: सांसद शाही
जनताले चाहे भने, राजतन्त्र आउने: सांसद शाही
    • बेल संचार

    • ८ आश्विन २०८०, सोमबार

जुम्ला ।

नेपाल पत्रकार महासंघ जुम्लाले आयोजना गरेको कार्यक्रममा जनताले चाहे भने, राजतन्त्र आउने सांसद ज्ञान वहादुर शाही (ज्ञानेन्द्र) ले बताउनु भयो ।

प्रतिनिधि सभा सांसद शाहीले सोमबार पत्रकार महासंघ जुम्लाले आयोजना गरेको कार्यक्रममा बोल्दै गर्दा जनताले राजतन्त्र हटाएर राजा फाले, गणतन्त्र ल्याए गणतन्त्रमा प्रधानमन्त्री र राष्टपती ल्याए तर अब फेरि जनताले चाहे भने, राजतन्त्र ल्याएर राजाले देश चलाउन सक्ने शाहीले बताए ।

विकास गर्नु मेरो कर्तव्य हो । सामाजिक सञ्जालमा यो योजनाको विकास महिले गरे, ल्याए भन्दै प्रचार गर्न आवश्यक छैन् । अबको ४ वर्षमा जुम्लालाई चिनाउने खालका काम गर्ने पनि शाहीले बताउनु भयो ।

साताकाे चर्चित
सम्बन्धित