काठमाडौं ।
काभ्रेपलान्चोक जिल्लाको महत्वपुर्ण आर्थिक श्रोतमा रहेको बुुद्धचित्तमालाको ब्यापार र त्यो भित्र मौलाएको अपराधिक गतिबिधिले चरमरुप लिए पछि एउटा अचम्मको घटना बाहिरीएको छ । काभ्रेपलान्चोक जिल्लाको तेमाल क्षेत्रमा मात्र पाईने बुद्धचित्त अन्यक्षेत्रमा समेत ब्यवसायीक खेती गर्न लागेपछि यसको महत्व घटेपनि काभ्रेको रोशी गाउँपालिका वडा नम्बर पाँचको सिकालीको मालाको महत्व भने अझ घटेको छैन ।
यो मालाको लागि प्रतेक बर्ष केहि न केहि लफडा भएको घटना बाहिर आएको छ । यसपालि पनि त्यहि मालाको बिषयमा भएको एउटा घटना बाहिरिएको छ । बुुद्धचित्त मालाको ब्यापारगर्ने बहानामा ठगी गरेको आरोपमा माला ब्यापारी तथा माला धनि शेर बहादुर तामाङ पक्राउ परे संगै घटनाले नयाँ रुप लिएको छ ।
यो घटनामा संलग्न भएको आरोप लागेका काभ्रेपलान्चोक जिल्लाका युवा नेता समिप त्रिपाठी भने फरार रहेको श्रोतले बताएको छ । शेर बहादुर तामाङ पक्राउ परे संगै प्रहरीले अन्य फरारको खोजिकार्य जारी राखेको बुुझिएको छ । यो घटनामा संलग्न भएको भनिएका समिप त्रिपाठी युवा संघ नेपालका केन्द्रिय सदस्य हुन् घटनालाई प्रहरीले ठगीमुद्धाको रुपमा अगाडी बढाएको भएपनि यो भित्रको रहस्य अर्कै रहेको एक श्रोतले बताएको छ ।
२०७९ कार्तिक २ गते बुुद्धचित्तको माला धनि र माला ब्यापारी बिच भएको संझौतामा ब्यापारीको तर्फबाट प्रतिनिधित्व गर्नेमा समिप त्रिपाठी ,शेरबहादुर तामाङ र मान बहादुर तामाङ रहेको भए पनि पछि माला बिक्री गर्ने बेलामा शेर बहादुर तामाङ र समिप त्रिपाठीले माला लुटपाट भएको भन्दै मान बहादुर तामाङलाई जानकारी गराएपछि यो घटनाको बारेमा बिभिन्न चरणमा छलफल र वार्ताहरु समेत भएको श्रोतको दावि छ ।
राजनैतिक पावरको आडमा घटनालाई ढाकछोप गर्ने प्रयास भएपछि मानबहादुर तामाङको जाहेरीले प्रहरी वृत ठिमीको टोलिले ब्यापारी मध्यका शेर बहादुर तामाङलाई पक्राउ गरि अनुुसन्धान प्रकृया अगाडी बढाएको श्रोतले बताएको छ । घटनामा को को संलग्न भएका थिए भन्ने बारेमा अभैm खुलि नसकेको भए पनि प्रहरीको अनुसन्धानबाट थप केहि ब्यक्तिहरु समेत पक्राउ पर्ने श्रोत को दावि छ ।