काठमाडौँ ।
काठमाडौँको नयाँबसपार्कस्थित सञ्चालित कान्तिपुर मल मा चाडपर्व अफर सुरु भएसँगै ग्राहकको घुईँचो लाग्न थालेको छ । विगत १८ वर्षदेखि होमल्याण्ड इनभेष्टमेन्ट कम्पनीद्धारा सञ्चालित उक्त मलमा ग्राहकका लागि चाहिने अधिकाशं सामान सस्तो र राम्रो पाइने भएकाले ग्राहकको घुईँचो लाग्न थालेको हो । मलले नेपालीहरुको महान् पर्व विजयादशमी शुभ दिपावली तथा छठ पर्वलाई लक्षित गरी ‘कान्तिपुर मल दशैँ तिहार महोत्सव उपहार योजना–२०८०’ सञ्चालन गरेको छ ।
नयाँबसपार्क नेपालभरका सडकमार्गबाट काठमाडौँ भित्रिने तथा बाहिरीने यात्रुको पहिलो गन्तव्यस्थल समेत हो ।
उक्त बसपार्कबाट हाल देशभरका ६५ भन्दा बढी जिल्लामा दैनिक ५०० भन्दा बढी सार्वजनिक यातायात ओहोरदोहोर गर्दै आएका छन् । मलका महाप्रबन्धक अमर निरौला मलमा ग्राहकले रोजेजस्तै, खोजेजस्तै गुणस्तरीय सामान सुपथ मूल्यमा विक्रिवितरण गरेकाले पनि ग्राहकको आकर्षणको केन्द्र बनेको बताउँछन् ।
“हामीले विस २०६४ सालदेखि कान्तिपुर मलमा बडादशैँ, शुभदिपावली तथा छठ पर्वको अवसरमा उपहार योजना निरन्तर रुपमा सञ्चालन गर्दै आएका छौँ,”– उनी भन्छन् । ग्राहकले रु १००० भन्दा बढी मूल्यको सामाग्री कान्तिपुर मलमा खरिद गर्दा एकवटा उपहार कुपन सित्तैमा पाउने र लक्की ड्रमार्फत विभिन्न पुरस्कार पाउने व्यवस्था मिलाइएको महाप्रबन्धक निरौला बताउनुहुन्छ ।
उक्त मलले उपहार योजनाअन्तर्गत प्रथम पुरस्कार १५० सीसीको यमाहा मोटरसाइकल, द्धितीय पुरस्कार ११३ सीसीको यमाहा स्कुटर, तृतीय पुरस्कार ३२ इन्चको डिएचआई स्मार्ट एलईडी टिभी, चौँथो पुरस्कार डिएचआई १८५ लीटरको फ्रिज रहेको छ । यस्तै, डिसहोम फाइवर नेट पाँच जनालाई र विभिन्न पुरस्कार घोषणा गरेको छ ।