माओवादी केन्द्रबाट बारपाक सुलिकोट गाउँपालिका स्तरीय रिटर्नी सेन्टर संगठन गठन
माओवादी केन्द्रबाट बारपाक सुलिकोट गाउँपालिका स्तरीय रिटर्नी सेन्टर संगठन गठन
    • बेल संचार

    • १३ आश्विन २०८०, शनिबार

गोरखा ।

जनतासँग माओवादी विशेष रुपान्तरण अभियान अन्तर्गत आज नेकपा माओवादी केन्द्रले नेकपा माओवादी केन्द्रको रिटर्नी सेन्टर संगठन अन्तर्गत बारपाक सुलिकोट गाउपालिका स्तरीय संगठन गठन गरेको छ। माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा बारपाक सुलिकोट गाउँपालिका अध्यक्ष बिष्णु भट्टको प्रमुख आतिथ्यता तथा नेकपा माओवादी केन्द्र बारपाक सुलिकोट गाउपालीका पार्टी अध्यक्ष नरबहादुर गुरुङ उपस्थितमा भएको उक्त कार्यक्रममाझ वैदेसिक रोजगारबाट स्वदेश फर्कीनु भएका युवालाई समेटेर संगठन गठन गरिएको हो ।

सो अवसरमा गाउँपालिका अध्यक्ष बिष्णु भट्टलेगाउँपालिका भित्र र जिल्ला र देशमा व्यवसाय गर्न राज्यबाट बजेट तथा योजना ल्याएर सबैलाई रोजगार र व्यवसायमा जोड्ने बताउनुभयो । रिटर्नी सेन्टर नेपालको गोरखा बारपाक सुलिकोट गाउँपालिका स्तरीय भेला गर्न तोपमान गुरुङको संयोजकत्वमा १५ सदस्यीय प्रथम भेला आयोजक समिति गठन गरिएको छ । केहिदीन भित्र सबैलाई समेटेर सम्मेलन गरिने गाउँपालीका पार्टी अध्यक्ष नरबहादुर गुरुङले बताउनुभएको छ।

साताकाे चर्चित
सम्बन्धित