जुम्ला
सिँजा गाउँपालिका १ स्थित जाँज घर भएकी १४ वर्षीय किशोरी घरबाट फरार भएकी छन् ।
यहि असोज १७ गते बुधबार बेलुका करिव ५ बजेको समयमा घर छोडेर हिडेकी छिन् । मालिका माध्यमिक विद्यालय धाँपामा कक्षा ९ मा अध्यान गरिरहेकी आरिया परियार नाम गरेकी तर उनलाई गाउँ घरमा आरिसा नामले चिन्ने गर्थे ।
किशोरी आरियाले घरबाट फरार हुनु अगाडि साढे दुई पेचको पत्र लेखेर घरमा छोडेर फरार भएकी छन् । पत्रमा म पहिल जाँदैन् , मेरो सपना नर्स पढ्ने इच्छा छ, म सपना पुरा गरेर घर फर्किन्छु, यदि सपना पुरा गर्न सकिन भने, म तिला नदीमा हाम फालेर मर्छु, मेरो खोजी नगर्नु, मेरो सपना पुरा गर्नलाई घरबाट हिडेकी हुँ, मलाई खोज्ने कष्ठ नगर्नु , पुलिस चौकीमा खबर गरेपछि म घर कहिल्यै आउदिन, घर छोडेर गएपनि आमा बाबालाई धेरै माया गर्छु, आमा मेरो कुरा दिदीले बुझिन, मेरो मोवायलमा फोन आयो महिले फोन उठाए नचिनेको केटाले बोले पछि फोन राखेकी थिए तर उ केटाले बारम्बार फोन गर्थ्यो तर म यसबाट सुधारिसकेकी थिए जस्ता पत्रमा किशोरीले लेखेर घरमा छोडेर गएकी छन् ।
किशोरीकी आमा बिउरी परियारका अनुसार १७ गते बिहान छिटो खाना खा विद्यालय जानु ढिला हुन्छ, भन्दा अर्की छोरी निरासा परियार र उसको झकडा भएर निरासाले २ चोट हानेकी हो । त्यसपछि उ विद्यालय पढ्न गएकी हो । हामी आमा छोरी घाँस काट्न गएकी थियौँ । घरको चापी हामीले उसलाई दिएनौं यसलाई आज चेतावनी वा झल्याउनु पर्छ भनेर चापी हामीसँग राखेको थियो । उ विद्यालयबाट ४ बजे आएर झ्यालबाट घरभित्र पसेर बाकसमा भएको रु १ हजार रुपैयाँ र उसका लुगा समेत लिएर घरबाट ५ बजे तिर फरार भएकी आमा नाता पर्नेले बताउनु भयो ।
आमा परियारले भनिन् त्यो राती गाउँ भन्दा लगभग आदा किलोमिटर पर छिमेकी पृथ्वी नेपालको घरमा बसेर खाना खाएकी रहेछ, उसले त्यो घरका बुडाबुडीलाई मेरो घर नाग्म हो । म गोठिज्युला जाने हुँ अँध्यारो भइसकेको छ, भनेर खाना खाएर त्यो राती त्यही घरमा सुतेर भोली पल्ट विहान गोठिज्युला जान्छु भनेर गएकी र उ सुतेको ठाउँमा कपाल चेप्ने काँठा समेत छोडेको र महिले छोरीको काँठा चिनि सकेको छु, आमाले बताइन् ।
१८ गते किशोरीका आफ्नतले नजिकको इलाका प्रहरी चौकी नराकोटमा गएर खोजी तलासीको निवेदन दिएका छन् । किशोरीको वर्ण गौगोरी भएको, होची मोटी भएकी, कालो लेदरको कोट लगाएकी, लेदरको झोला बोकेकी किशोरीलाई कोहिकसैले देख्नु भएको र भेटाउनु भएको छ भने बेल मिडियाको सम्पर्क नम्बर ०५१- ५१९८०५५ , आफन्तको नम्बर ९८६४२८३३६३ मा खबर गरिदिनु होला । र नजिकै प्रहरी चौकीमा जानकारी गरिदिनु हुन सबैमा अनुरोध गरिन्छ ।
यस्तो छ पत्र