जुम्लाका ८ वटै पालिका हाजिरी जवाफ प्रतिस्पर्धामा सिँजा प्रथम
जुम्लाका ८ वटै पालिका हाजिरी जवाफ प्रतिस्पर्धामा सिँजा प्रथम
    • उमेश बुढा

    • २१ आश्विन २०८०, आईतवार

 जुम्ला

हिमा गाउँपालिकाले आयोजना गरेको अन्तर पालिका स्तरीय हाजिरी जवाफ प्रतियोगितामा सिँजा गाउँपालिका प्रथम भएको छ ।

जुम्लामा ७ वटा गाउँपालिका र १ वटा नगरपालिका रहेको छ। उक्त कार्यक्रममा सबै पालिका सहभागी भएका थिए ।

अन्तर पालिका हाजिरी जवाफमा सिँजा गाउँपालिकाले १७ अङ्क ल्याएर प्रथम स्थान हासिल गरेको छ , द्वितियमा तिला गाउँपालिकाले १३ अङ्क भएको छ । भने तृतीयमा पातारासी गाउँपालिले ११ अङ्क र चौथोमा कनकासुन्दरी गाउँपालिका भएको आजोजक हिमा गाउँपालिकाले जनाएको छ ।

प्रथम हुने पालिकालाई ४० हजार द्वितिय हुनेलाई ३० हजार , तृतीयलाई २० हजार बराबरको शौक्षिक सामाग्री दिएको र अन्य सहभागी पालिकाहरुलाई सान्त्वना स्वरूप शैक्षिक सामाग्री पुरस्कार हस्तान्तरण गरेको हिमा गाउँपालिका शिक्षा शाखा प्रमुख दन्तराज रावतले जानकारी दिनु भयो ।

कार्यक्रममा टाढाबाट आउने पालिका लाई गाडीवाडा रु २ हजार देखी रु ५ हजारसम्म आयोजकले दिएको अध्यक्ष लक्ष्मण शाहीले बताए ।

जुम्लाका आठै वटा पालिका सहभागी भएकोमा सहभागी पालिकालाई अध्यक्ष शाहीले धन्यवाद दिनु भयो । अझै यस्ता कार्यक्रममा सहभागी भएर सफलताको शिखर हाँसिल गर्दै जानु भन्दै सहभागी विद्यार्थी समेतलाई शुभकामना शाहीले व्यक्त गरेका छन् ।
हिमा गाउँपालिकाले माध्यमिक विद्यालय कक्षा ९ र १० अन्तरगत जुम्ला जिल्लाका आठै पालिका स्तरीय हाजिरी जवाफ गरेको थियो । उक्त कार्यक्रम सुसम्पन्न भएको आयोजकले जानकारी दिनु भएको छ ।

साताकाे चर्चित
सम्बन्धित