जुम्ला ।
जुम्लाको सिँजा गाउँपालिका वडा नम्बर १ मा पर्ने श्रि देउराली रत्नलाल आधारभूत विद्यालय डिग्रा कक्षा ५ मा अध्यान गरिरहेकी १३ वर्षीय बिनिता कामीका असामुयिक मृत्यु भएको छ ।
उनि बालिकाको १ महिना यताबाट स्वास्थ्यमा गड्बडी भएको र उपचारको लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार गरेर घरमा ल्याएको ४ दिन पछि मृत्यु भएको दाई नाता पर्ने पदम कामीले बताउनु भयो ।
दाई कामीका अनुसार पहिला मुखबाट रतन निस्कने गरेको थियो , उपचार गरेपछि रोकीएर बहिनीलाई अलि सन्चो भएको थियो । उनले भने , फेरि २२ गते सोमबार बेलुका एकासी मुखबाट सेतो फिँज निकालेर बिनिताको मृत्यु भएको हो ।
उक्त विद्यालय कक्षा ५ मा रोल्नम्बर ५ गरेकी कामीको मृत्यु भए पछि मङ्गलबार शोक विदा गरेको शिक्षिका इशोरी उपाध्यायले बताएन् ।
मृतक आत्माको चिरशान्तिको कामना गर्दै शोकाकूल परिवार प्रति धैर्य धारणाको कामना विद्यालय परिवारले व्यक्त गरेको छ ।