कनकासुन्दरीमा भत्ता बुझ्न बैकमा लाइन लाग्नु पर्दैन, अब वडाबाटै वितरण
कनकासुन्दरीमा भत्ता बुझ्न बैकमा लाइन लाग्नु पर्दैन, अब वडाबाटै वितरण
    • उमेश बुढा

    • २६ आश्विन २०८०, शुक्रबार

जुम्ला ।

जुम्लाको कनकासुन्दरी गाउँपालिकाले प्रत्येक वडा वडामा सामाजिक सुरक्षा भत्ता वितरण गर्न लागेको छ ।

गोठिज्युला बजारमा रहेको कुमारी बैंकमा यस भन्दा अगाडि सामाजिक सुरक्षा भत्ता पाउने नागरिकहरुले लाइनमा बसेर २, ३ लगाएर भत्ता बुझ्ने गरेका थिए । अब बैकंमा लाइन लाग्नु पर्दैन कनकासुन्दरीका आठै वडाबाट भत्ता वितरण भइरहेको छ ।

सामाजिक सुरक्षा भत्ता लिने सेवाहीहरु अपाङ्ग, नेष्ठनागरिक, एकल महिला र बालबालिकाको भत्ता वडा वडामा गएर वितरण गर्दै आएको व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा शाखा प्रमुख दिपेन्द्र प्रसाद उपाध्यायले जानकारी दिनु भयो ।

आर्थिक वर्ष २०७९ र ०८० को सामाजिक सुरक्षा भत्ता वडा नम्बर १ र २ मा मात्र वितरण गरेको र आर्थिक वर्ष २०८० र ०८१ को पहिलो चौमासिक कनकासुन्दरीका

प्रत्येक वडा वडाबाट वितरण गर्दै आएको प्रमुख उपाध्यायले बताए ।

सामाजिक सुरक्षा भत्ता बुझ्न जाँदा आमाहरुले बालबालिका पिठ्युँमा बोकेर , बुडाबुडी लट्ठी टेक्दै अपाङ्ग अन्य मानिसको सहायताले बैंक तिर गएर बैंकको अगाडि लाइन् लागेर भत्ता बुझन्न समस्या भए पछि वडाबाट सेवा दिनु पर्छ । भन्ने उद्देश्यले वडाबाट वितरण गराएको वडा अध्यक्षहरु बताछन् ।

वडा नम्बर १, २, ३, र ४ मा भत्ता वितरण भइसकेको छ, भनेर वडा अध्यक्षहरुले जानकारी दिएका छन् । भने बाँकी वडामा वितरण हुँदैछ, असोज महिनाको २३ गतेबाट

भत्ता वितरण सुरु गरेर ३० गते भत्ता वितरण गरेर सकिने छ ।

दशैंको मुखमा वडामै भत्ता पाउँदा सामाजिक सुरक्षा भत्ता पाउने नागरिक भने निकै खुसी भएका छन् । कुमारी बैंक शाखा गोठिज्युला र सामाजिक सुरक्षा शाखाका कर्मचारी वडा वडामा खटिएर भत्ता वितरण गरेका छन् ।

साताकाे चर्चित
सम्बन्धित