निर्वाचन प्रणालीमा पुनर्विचार गर्नुपर्ने   
     निर्वाचन प्रणालीमा पुनर्विचार गर्नुपर्ने   
    • बेल संचार

    • २६ आश्विन २०८०, शुक्रबार

काठमाडौँ

नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राजनीतिक अस्थिरता अन्त्यका लागि विद्यमान निर्वाचन प्रणालीमा पुनःविचार गर्नुपर्ने बताउनुभएको छ ।

प्रेस चौतारी नेपाल काठमाडौँ जिल्ला समितिले आज आयोजना गरेको अन्तर्किया कार्यक्रममा उहाँले समानुपातिक र प्रत्यक्षको मिश्रित निर्वाचन प्रणालीले कुनै पनि दलको बहुमत हुन नसक्ने भन्दै यसले अस्थिर सरकार बन्ने स्थिति सिर्जना गरेको बताउनुभयो ।

उपाध्यक्ष पोखरेलले अस्थिर सरकारका कारण मुलुकमा समृद्धि हासिल नहुने विचार व्यक्त गर्नुभयो । उहाँले सत्ता स्वार्थमा गठबन्धन हुने, आर्थिक विकास, सामाजिक सन्तुलनलगायत क्षेत्रमा राजनीतिक दल गम्भीर नहुँदा जनतामा निराशा उत्पन्न भएको बताउनुभयो । एमाले आगामी निर्वाचनमा बहुमत ल्याउने गरी अघि बढेको उहाँले स्पष्ट गर्नुभयो ।

कार्यक्रममा प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतले सत्ता राजनीतिमा प्रयोग गरिएको अदालतको परमादेश अहिले सत्ता पक्षलाई नै चुनौतीपूर्ण भएको धारणा व्यक्त गर्नुभयो ।

साताकाे चर्चित
सम्बन्धित