शिक्षा मन्त्री राई र सांसद शाहीले बोल्ने बेला दर्शक गए घरतिर
शिक्षा मन्त्री राई र सांसद शाहीले बोल्ने बेला दर्शक गए घरतिर
    • उमेश बुढा

    • २९ आश्विन २०८०, सोमबार

 जुम्ला 

सिँजा पाण्डवगुफा धार्मिक एवं ज्ञानविज्ञान महा ( महोत्सव कार्यक्रमको उद्घाटन गर्न आउनु भएका शिक्षा मन्त्री अशोक राई र सांसद ज्ञानेन्द्र शाहीले उक्त कार्यक्रममा मन्तव्य राख्ने बेला दर्शकहरु घरतिर गएका थिए ।

कार्यक्रमको उद्घाटन गर्ने समय भनेको असोज २८ गते आइतबार बिहान १० बजे गरिने छ, भनेर पत्रचार, माइकिङ र कार्यक्रमको ढोकामा पोष्टर टाँसिएको थियो । तर निमन्त्रणा गरेका मन्त्री र सांसद भने कार्यक्रम स्थलमा दिउँसो ४ बजे पुगे पछि कार्यक्रम ढिला सञ्चालन भएको मूल आयोजक समितिले जनाएको छ ।

असोज र कार्तिक महिनामा धान भित्र्याउने चटारो भएकाले सोचेको भन्दा कम भक्तजनहरुको उपस्थिति रहेको पाण्डवगुफा माध्यमिक विद्यालयका प्रधानाध्यापक दिपेन्द्र रोकायाले बताए ।

सम्पुर्ण आगन्तुकलाई स्वागत गर्नको लागि मन्तव्य रोकायाले राखेका थिए । मन्तव्यको क्रममा विद्यालयले महायज्ञ लगाउनुको उद्देश्य भनेको विद्यालयको स्तर उन्नतिको लागि र विद्यार्थी, शिक्षक र अभिभावकले धार्मिक ज्ञान प्राप्त गर्नको लागि यो कार्यक्रम राखेको हो ।

औपचारिक कार्यक्रम ढिलाई भए पछि, अनौपचारिक कार्यक्रममा भजन गित गाएर नाचगान गरेर दिनहरु बिताएका थिए । जब सुर्य अस्ताउने बेला भएको थियो, त्यतिबेला मन्त्री कार्यक्रममा आइपुगे, पुगेको लगतै १० मिनेट भित्र कार्यक्रम सुरु भएको थियो । कार्यक्रम सञ्चालकले सुरु गरे पछि लगभग १ घण्टा अथितिलाई व्याज , दोसल्ला र सिट आश्रण ग्ररण गर्न लागेर बेलुकाको ५ बजि सकेको थियो । त्यसको लगतै प्रधानाध्यापक रोकायाले १० मिनेट स्वागत मन्तव्य राखेका थिए ।

जुम्ला पदेश (क ) सांसद देवेन्द्र शाही, संविधान सभा सदस्य डिल्ली प्रसाद काँफले , कनकासुन्दरी गाउँपालिका पुर्व उपाध्यक्ष उर्मिला भण्डारी, पालिका अध्यक्ष दामोदर प्रसाद आचार्य , सिँजा गाउँपालिका अध्यक्ष पुर्ण प्रसाद धिताल लगायतका बिशेष अथिति र अथितिले मन्तव्य राख्दै बेलुकाको ६ बजिसकेको थियो । त्यतिबेला दर्शक वा भक्तजनहरुको उपस्थिति लगभग ५ सय भन्दा बढीको सङ्ख्या रहेको थियो । जब सांसद शाहीले बोल्ने बेला परायजसो भक्तजनहरु घरतिर लागेका थिए । भने प्रमुख अथिति मन्त्रीले बोल्ने बेला त अँध्यारो भएर रात परिसकेको थियो । त्यतिबेला उनिहरुको भाषण सुन्ने भक्तजनहरु खासै थिएन् । कम मात्रामा थिए, शाहीले १० मिनेट जति बोल्ने भयो । भने मन्त्रीले २५ मिनेट जति बोलेका थिए तर त्यही पनि सुन्दिने भक्तजन एकदमै कम मात्रामा थिए ।

कार्यक्रम सुरुवात हुन लागेको बेला देखि भक्तजनहरु कार्यक्रम स्थलबाट विस्तारै घरतिर हिडिसकेका थिए । शाही र राईको मन्तव्य सुरु हुनेबेला त थोरै भक्तजनहरु रहेका थिए ।

महायज्ञको पहिलो दिनमा कार्यक्रम को उद्घाटन , मन्तव्य र कलश यात्रा गरेर दिन बितेको थियो । कलश यात्रा कोटघरदेखि सुरु भएर पाण्डुसेरा , रोकायावाडा , भट्टभण्डारीवाडा हुँदै कार्यक्रम स्थल कोटघरमा कलश यात्रा भएको थियो ।
अब महायज्ञ कार्तिक ५ गते सम्म हुने आयोजकले जानकारी दिनु भएको छ ।

कार्यक्रम ढिलाई सुरु भएको, पशुचौपाया चरन क्षेत्रबाट गोठतिर आएर हुल्ने बेला भएको, घरमा खाना गर्ने बेला भएको, अँध्यारो भइसकेको लगायतका कामले भक्तजनहरु घरतिर गए पछि मन्त्री र सांसदको भाषण सुन्न मानिसको सङ्ख्या एकदमै कम भएको हो ।

साताकाे चर्चित
सम्बन्धित