फुटबलमा विवाद हुँदा घोडेङ्गा टिमले खेल मैदानबाट बड्कीलाई लखेट्यो
फुटबलमा विवाद हुँदा घोडेङ्गा टिमले खेल मैदानबाट बड्कीलाई लखेट्यो
    • उमेश बुढा

    • १६ कार्तिक २०८०, बिहीबार

 जुम्ला ।

अल इन वान युवा क्लव सिँजा २ चुलेलगाउँको आयोजनमा भइरहेको पुरुष फुटबल प्रतियोगितामा बुधबार विवाद भएको थियो ।

उक्त विवादमा सिँजा गाउँपालिका वडा नम्बर २ स्थित घोडेङ्गा र हिमा गाउँपालिका १ बड्कीका खेलाडी बिच विवाद भएको अल इन वान क्लवका अध्यक्ष विश्वराज आचार्यले बताउनु भयो ।

यि दुबै टिमले खेल मैदानमा खेल खेल्ने क्रममा विवादसँग सामान्य हातपात समेत गरेका थिए । लगभग १५ र २० मिनेट खेल खेलिरहेको समयमा विवाद हुँदा एकआपसमा कुटाकुट गरेका थिए । खेल मैदानबाट करिब १ हजार मिटर टाढा बड्कीका खेलाडीलाई घोडेङ्गाका खेलाडीले लखेटेका थिए ।

खेल उद्घाटन भएको चौथो दिनमा विवाद भएको हो । हिमा, सिँजा, कनकसुन्दरी र चन्दननाथ नगरपालिकाबाट फुटबल खेल्ने खेलाडी सहभागी भएका छन् ।

कार्तिक १५ गते दिउँसो साढे ३ बजेतिर दुबै टिम बिच विवादसँगै झड्प हुँदा खेल स्थित भएको थियो । त्यहाँ खेल मैदानमा सुरक्षाको लागि प्रहरी चौकी नराकोटबाट खटिएको सुरक्षाको टोलीले सुरक्षा दिदा दिदै पनि विवाद भएको देखिन्छ ।

बड्की र घोडेङ्गा टिमका अभिभावक, दुबै टिमका लिडर र आयोजक कमिटी बसेर छलफल गरेर खेल अगाडि बढाउने आयोजकले जनाएको छ । कित दुबै टिम नकाउट गरिन्छ, कित फेरि सुरुबाट दुबै टिमलाई खेल खेल्नमा सहमति गराएर खेल खेलाइने अध्यक्ष आचार्यले बताए ।

विवाद भए पछि आज सुरक्षाको लागि मजबुत बनाइने र विवादको समाधान नहुँन्जेल सम्म खेल सञ्चालन नगरिने आयोजक कमिटिको भनाई रहेको छ ।

विवादमा कुटाकुट हुँदा खासै दुबै टिमका खेलाडी घाइते अवस्थामा नरहेको पनि आचार्यले बताए । खेल उद्घाटन भएको चौथो दिन विहानै ८ बजेबाट आयोजक र खेलाडी खेलमैदानमा आउथ्ये भने विवादका कारण आज खेलमैदान सुनसान रहेको छ । विहान साढे ८ बजेसम्म खेलमैदानमा कसैको पनि उपस्थिति रहेको देखिदैन् ।

विवाद भए पछि थप सुरक्षा मजबुद बनाउन बुअ प्रहरी चौकीबाट पनि घटाइयको छ ।

साताकाे चर्चित
सम्बन्धित