जुम्लाको कनकासुन्दरी गाउँपालिका उपाध्यक्ष कप ८ दिन लगाएर सकियो
जुम्लाको कनकासुन्दरी गाउँपालिका उपाध्यक्ष कप ८ दिन लगाएर सकियो
    • उमेश बुढा

    • १६ कार्तिक २०८०, बिहीबार

जुम्ला ।

कनकासुन्दरी गाउँपालिका उपाध्यक्ष कप ८ दिन लगाएर सकिएको छ ।

कार्तिक ९ गतेबाट उपाध्यक्ष कप सुरु भएको कार्तिक १६ गते सकिएको कनकासुन्दरी गाउँपालिका स्तरीय युवा सञ्जालका सचिव गोपाल बुढाले बेल संसारलाई जानकारी दिनु भयो ।

उपाध्यक्ष कपको आयोजनामा पुरुष खुल्ला भलिबल र फुटबल खेल सञ्चालन भएको थियो । उक्त खेलमा पालिका भित्रका वडा वडा बिच प्रतिष्पर्धा गराएको पालिका युवा सञ्जालका अध्यक्ष लंकराज कार्कीले बताए ।

कार्कीका अनुसार भलिबलमा जम्मा १० वटा टिम सहभागी मध्ये वडा नम्बर ८ ले प्रथम स्थान हासिल गरेको छ । भने दृितियमा वडा नम्बर ४ भएको छ । त्यस्तै गरी फुटबल तर्फ जम्मा १६ टिम सहभागी भएकामा प्रथम वडा नम्बर ५ ू बि ू टिम भएको छ । त्यस्तै गरि दृितिय वडा नम्बर ४ ू ए ू टिम भएको छ ।

भलिबल र फुटबल प्रथमलाई नगत रु ५० हजार सहित मेडल र प्रमाण पत्र पुरस्कार दिएको छ । भने , दृितियलाई ३० हजार नगत सहित मेडल र प्रमाण पत्र दिएको कार्कीले बताए ।

खेलमा सहभागीता भएर भाग लिने खेलाडी र खेलमा प्रथम दृितिय स्थान हासिल गर्ने खेलाडीलाई पालिका अध्यक्ष दामोदर प्रसाद आचार्यले बधाई तथा शुभकामना दिनु भयो । अझै खेल क्षेत्रले कनकासुन्दरी गाउँपालिका जिल्ला र राष्टले चिनोस् यहि छ मेरो शुभकामना आचार्यले भनेका छन् ।

साताकाे चर्चित
सम्बन्धित