काठमाडौं
मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयले विद्यार्थीलाई मासिक ३० हजार रुपैयाँसम्मको छात्रवृत्तिसहित स्नातकोत्तर र विद्यावारिधिको शैक्षिक कार्यक्रम सुरु गरेको छ ।
मकवानपुरको थाहा नगरपालिका–९, चित्लाङमा यही वर्षबाट स्नातकोत्तर तहका विद्यार्थीलाई मासिक २५ हजार र विद्यावारिधिमा अध्ययन गर्ने विद्यार्थीलाई मासिक ३० हजार रुपैयाँको छात्रवृत्तिसहितको भर्ना कार्यव्रmम सुरु गरेको छ । यो वर्ष विश्वविद्यालयले ३२ जना विद्यार्थीलाई अध्ययनका लागि भर्ना आह्वान गरेको खबर गोरखापत्रमा छापिएको छ ।