काठमाडौं
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद’को बैठक आह्वान गरेका छन् । बैठकमा उपप्रधानमन्त्रीहरू, सबै मन्त्रालयका मन्त्रीहरू, सबै प्रदेशका मुख्यमन्त्रीहरू, विपक्षी दलका नेता, विज्ञ सदस्य, मुख्यसचिव र प्रधानसेनापति लगायत सहभागी हुन्छन् ।
बैठक आज ९:३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बस्नेछ । बैठकमा शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भएर गएको भुकम्पको क्षति, राहत, उद्दार र उपचारबारे छलफल तथा निर्णय हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।