जुम्ला ।
हिमा गाउँपालिकाको वडा नम्बर १ बड्कीमा अटो दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको छ ।
जुम्ला बजारबाट कर्णाली राजमार्ग नाग्म हुँदै हिमाको देयारगाउँ आउदै गरेको भे । १ ह ३१९७ नम्बरको अटो सड्कबाट लगभग १५० मिटर तल हिमा नदिको किनारमा खसेको छ ।
मृत्यु हुनेमा हिमा गाउँपालिका १ देयारगाउँ स्थित अन्दाजी ४२ वर्षका चालक पदम वहादुर शाही र सोही गाउँका ४२ वर्षका बली रोकायाको घटना स्थलमै मृत्यु भएको हिमा गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष रतन वहादुर शाहीले जानकारी दिनु भयो ।
हिमा १ दयारगाउँकै ४१ वर्षका नन्द रोकाया सिरियस घाइते भएका छन् उनको उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पठाएको अध्यक्ष शाहीले बताए ।
कति बजेतिर दुर्घटना भएको हो भन्ने , एकिन हुन सकेको छैन् । अहिले घटना स्थलमा प्रहरी चीकीको टोली उक्त स्थानमा आइपुगेको छ ।