जुम्ला
कनकासुन्दरी गाउँपालिकाको गोठिज्युला बजारमा सुस्वा संस्थाको आयोजनामा विश्व शौचालय दिवशको अवसरमा सरसफाई सम्बन्धि जनचेतनामूलक कार्यक्रम सुस्वाले गरेको छ ।
वास युनिट सबैको लागि दिगो खानेपानी तथा सरसफाई परियोजना ९ सुस्वा ० संस्थाको आयोजनामा र गोठिज्युला बजारवासीको सहभागीतामा प्लेट कार्ड र माइकिङ गरेर सरसफाई सम्बन्धि जनचेतना दिदै कनकासुन्दरी गाउँपालिकाको कार्यालय अगाडि देखि दाँते ओखर गाउँसम्म सरसफाईको र्याली गरेका थिए ।
मानिसले देख्ने गरि प्लेट कार्डमा लेखिएका र सुन्ने गरि माइकिङको आवाजमा परम्परागत शौचालयलाई सुधार गरौं, प्रयोग कर्ता मैत्री गुणस्तरीय शौचालय निर्माण गरौं , शैचालयको नियमित प्रयोग र सरसफाई गरौं लगायतका नाराहरु लगाएर र्याली गरेको कनकासुन्दरी गाउँपालिका सुस्वा स्वच्छता सहजकर्ता पुर्ण प्रसाद हमालले जानकारी दिनु भयो ।
हमालका अनुसार विश्व शौचालय दिवशलाई भव्य र सव्य रुपमा सफल पार्नका लागि सुस्वाले कनकासुन्दरी गाउँपालिकाको गोठिज्युला बजारमा सरसफाई सम्बन्धि जनचेतनामूलक र्याली गरेर बजार परिक्रमा गरेको हो ।
विशेष गरि शौचालय नियमित रुपमा प्रयोग गर्ने , साबुन पानीले सफा गर्ने, बच्चाको दिशालाई पनि शौचालयमा विसर्जन गर्ने र पुर्ण सरसफाईका सूचकहरुको पालना गर्ने जस्ता जनचेतनामूलक सन्देश दिने गरि र्याली गरेको सहजकर्ता हमालले बताए ।
परिवर्तनको गति बढाउँदै , भन्ने मूल नाराका साथ विभिन्न जनचेतनामूलक र्यालीका साथ १२ औं विश्व शौचालय दिवश भव्य रुपमा सम्पन्न भएको छ ।