पश्चिम रुकुममा जिप दुर्घटना
पश्चिम रुकुममा जिप दुर्घटना
    • बेल संचार

    • ४ मंसिर २०८०, सोमबार

काठमाडौं ।

रुकुम पश्चिमको चौरजहारी नगरपालिका-८ गोइरीज्युलाको कालेगाउँ पुल भन्ने ठाउँ नजिक जिप दुर्घटना भएको छ ।

खोलागाउँदेखि सदरमुकाम मुसिकोटतर्फ जाँदै गरेको जिप आज बिहान दुर्घटनामा परेको हो ।

नेपाल प्रहरी र चौरजहारी नगर प्रहरीको टोलीले नगरपालिकाको एम्बुलेन्स लगायतका सवारी साधनमा घाइतेहरुलाई चौरजहारी अस्पतालमा ल्याएका छन् ।

दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

साताकाे चर्चित
सम्बन्धित