इजरायलमा हमासको आक्रमणपछि वेपत्ता विपिन जोशीको अवस्था अझै अज्ञात , खोजीकार्य जारी 
इजरायलमा हमासको आक्रमणपछि वेपत्ता विपिन जोशीको अवस्था अझै अज्ञात , खोजीकार्य जारी 
    • Bell Sanchar

    • ४ मंसिर २०८०, सोमबार

काठमाडाँै ।    

इजरायलमा हमास समूहले गत अक्टोबर ७ तारिखमा आक्रमण गरी बन्धक बनाएर गाजातर्फ लगेकामध्येमा नेपाली विद्यार्थी विपिन जोशीको अवस्था अझै अज्ञात नै रहेको छ ।

दक्षिणी इजरायलको किबुज–अलमिममा हमास समूहले आक्रमण गरी बन्धक बनाएर गाजातर्फ लगेकामध्येमा जोशी पनि रहेको इजरायल डिफेन्स फोर्सका प्रवक्ताले जानकारी दिएको इजरायलको तेल अबिबस्थित नेपाली राजदूतावासले जनाएको छ ।

जोशीको पछिल्लो अवस्थाबारे यकिन गर्न नसकिएको, निज हालसम्म पनि सम्पर्कविहीन नै रहेको र खोजीकार्य जारी रहेको दूतावासले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

साताकाे चर्चित
सम्बन्धित