प्रदेश कमिटी बैठकले ३८ सदस्यीय सचिवालय पनि गठन गरेको छ । विभिन्न विभाग र निर्वाचन क्षेत्रका इन्चार्ज तथा प्रमुखको जिम्मेवारी पनि तोकेको छ ।
बैठकले पार्टी स्कुल विभागको प्रमुखमा अध्यक्ष घनश्याम खतिवडा, निर्वाचन विभाग प्रमुखमा टिकाराम चेम्जोङ, संगठन विभाग प्रमुखमा राजकुमार भण्डारी, विज्ञान तथा प्रविधि विभागमा देवान राई, सहरी विकास विभागमा जलवर्षा राजवंशी, संसदीय विभागमा अम्बरबहादुर रायमाझी, प्रचार तथा प्रकाशन विभागको प्रमुख लछुमन तिवारीलाई जिम्मेवारी दिएको छ ।
वित्तीय तथा कोष व्यवस्थापन विभागमा लालप्रसाद लिम्बू, स्थानीय तह विभागमा प्रेमबहादुर राई, कृषि तथा पशुपंक्षी विभागमा चित्रकुमारी सुब्बा, सहकारी तथा गरिबी निवारण विभाग प्रमुखमा रमेश पोखरेल, भौतिक पूर्वाधार विभागमा रामसिंह राई, शिक्षा तथा मानवस्रोत विभागमा सत्यनारायण चौधरी, अर्थ तथा योजना विभागमा सिर्जना राई, उद्योग, वाणिज्य तथा आपूर्ति विभागमा उमेश डालमिया, खानेपानी तथा सरसफाइ विभागमा नरेन्द्र बस्नेत, ऊर्जा, जलस्रोत तथा सिँचाइ विभागमा मोहन डाँगी र प्रदेश मामिला तथा सामान्य प्रशासन विभाग ज्ञानेन्द्र सुवेदीलाई मनोनित गरेको छ ।
सामाजिक सुरक्षा तथा समाज कल्याण विभाग, कानुन विभाग, पर्यटन तथा नागरिक उड्डयन विभागलगायत प्रदेश मातहत गरेका सबै विभागको जिम्मेवारी पनि तोकेको छ । त्यस्तै प्रदेश कमिटीले २१० सदस्यीय सल्लाहकार समिति पनि गठन गरेको छ ।