जुम्ला
जुम्लाको भैरव माध्यमिक विद्यालय नराकोटका ६० जना छात्रछात्रालाई न्यानो कपडा होमनाथ अर्यालले दिनु भएको छ ।
शान्ति विद्यालय अलुमनाई एसोसिएशन काठमाडौंका अध्यक्ष अर्यालको पहलमा न्यानो कपडा वितरण गरिएको छ ।
सो संस्थाका सदस्य रामकृष्ण केसी उहाँकी धर्मपत्नी सविता केसी, पूर्व उपाध्यक्ष मिन प्रसाद बुढाथोकी उहाँकी धर्मपत्नी, अमृत अर्याल, समिक्षा निरौला र अञ्जना अर्यालबाट प्राप्त भएको न्यानो कपडा जुम्लाको भैरव माध्यमिक विद्यालयका दृष्टिविहीन २७ जना र ३३ जना कक्षा १ देखि ३ सम्म पढ्ने विद्यार्थीलाई दिएको अध्यक्ष अर्यालले जानकारी दिनु भयो ।
उनका अनुसार मुख्य गरेर दृष्टिविहीन विद्यार्थीहरुलाई न्यानो कपडा दिने उदेश्य हो । तर दृष्टिविहीन विद्यार्थीलाई दिनु पर्ने कपडा दिएर पनि धेरै बचे पछि , वडा अध्यक्ष शुर वहादुर रावत र प्रध्यानाध्यापक मान वहादुर रोकायाको सहल्ला अनुसार कक्षा १ देखि ३ सम्म पढ्ने विद्यार्थीलाई पनि दिएको अर्यालले बताए ।
अर्यालले २०४६ सालमा जुम्लाको खलंगामा शुर वहादुर रावतलाई दृष्टिविहीन विद्यार्थीलाई कसरी पढाउने भनेर अर्यालले तालिम दिएका थिए । त्यसको पछि २०५२ साल फाल्गुण महिनाबाट भैरव माध्यमिक विद्यालय नराकोटमा रावतले दृष्टिविहीनहरुलाई पढाउन सुरु गरेका हुन् ।
नराकोटमा दृष्टिविहीनहरुको पढाईको सुरुवात वा थालनी गर्ने सस्थापक अर्याललाई मान्न सकिन्छ । ३ नम्बर वडा अध्यक्ष शुर वहादुर रावतले भने , उनको योगदानले गर्दा अहिले मुगु , हुम्ला , कालिकोट , जाजरकोट र जुम्लाका विद्यार्थी पढ्न नराकोट आउछन् । र यस विद्यालयबाट दृष्टिविहिन शिक्षक पनि जन्माई सकेको छौं ।
धेरै पहिले ठुलो मेहनत र पर्यासका साथ भैरव माध्यमिक विद्यालयमा दृष्टिविहीन विद्यार्थीलाई पढाउने अवसर दिलाएर फेरि योगदान गरेको विद्यालयलाई सम्झेर विद्यालयमा आई पुगेकोमा संस्थाका अध्यक्ष अर्याललाई प्रधानाध्यापक मान वहादुर रोकायाले स्वागत गर्नु भयो ।
अझै फेरि फेरि यस विद्यालयका दृष्टिविहीन विद्यार्थीको लागि आउँदै गर्नु र सहल्ला सुझावको अपेक्षा विद्यालयले राखेका छौं, रोकायाले बताए ।
जाडो समय आउँदै गर्दा अगाडि हामीले जकेट , सुइटर , टोपी , पइन्ट , टावजर लगायतका न्यानो कपडा पाउँदा हामी खुसी भएका छौं । दृष्टिविहीन विद्यार्थीले भने , धेरै टाढाबाट आएर पनि हामीलाई कपडा दिनु भएकोमा तपाईंलाई धन्यवाद छ । भन्दै विद्यालयको ढेकाबाट बाहिर जाँदा सबै विद्यार्थीले एकैसाथ हात हल्लाएर वाई वाई भनेका थिए । यसरी विद्यार्थी र शिक्षक खुसी भएको देख्दा अर्याललाई झनै आत्मदेखि खुसी भएको बताए ।