बीबीसीको १०० प्रभावशाली महिलाको सूचीमा नेपालकी रुक्शाना कपाली
बीबीसीको १०० प्रभावशाली महिलाको सूचीमा नेपालकी रुक्शाना कपाली
    • Bell Sanchar

    • ५ मंसिर २०८०, मंगलवार

काठमाडौं ।

बीबीसीले सन् २०२३ का विश्वका प्रभावशाली १०० महिलाको सूची सार्वजनिक गरेको छ । जसमा नेपालकी ‘पारलिंगी महिला’ (ट्रान्सजेन्डर वुमन) रुक्शाना कपाली पनि परेकी छिन् ।

ट्रान्सजेन्डर मानवअधिकार कार्यकर्ता रुक्शाना नेपालमा एलजीबीटीक्यू+ समुदायकाे कानुनी तथा संवैधानिक अधिकारको क्षेत्रमा सक्रिय रहेकाले उनलाई प्रभावशाली महिलाको सूचीमा राखेको बीबीसीले स्पष्ट पारेको छ ।

उनको एसएलसीको सर्टिफिकेटमा ‘पुरुष’ लेखिएको थियो  ।
तर आफूले बुझ्ने भएपछि पारलैंगिक महिला हुँ भन्ने महसुस गरेको तर प्रमाणपत्र सच्याउन सास्ती पाएपछि उनी आफू जस्तै अन्यको अधिकारका लागि पनि लड्न थालेकी हुन् ।

उनी अहिले पूर्वाञ्चल विश्वविद्यालयमा रहेर कानुन विषय पढ्दै छिन् ।

आफूले भोगेको दुःखले आफूलाई कानुन पढ्न प्रेरणा मिलेको बताएकी थिइन् ।

साताकाे चर्चित
सम्बन्धित