काठमाडौं ।
युनिलिभर नेपाल लिमिटेडले जाजरकोट भूकम्पबाट प्रभावितहरूका लागि १ करोड रुपैयाँ सहयोग गरेको छ ।
भूकम्पमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै कम्पनीले प्रभावितहरूको पुनर्स्थापना र पुनर्निर्माणका लागि ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा १ करोड रुपैयाँ जम्मा गरेको हो ।
सहयोग रकमको चेक कम्पनीका सञ्चालक तथा वरिष्ठ अधिकारीहरूको प्रतिनिधिमण्डलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई हस्तान्तरण गरेका थिए ।
कम्पनीले भूकम्प गएको भोलिपल्टै प्रभावित जिल्लामा पाल, कम्बल, औषधि, ड्राई फूड, हर्लिक्स, सुप लगायतका तत्काल राहत सामग्री वितरण गरेको थियो ।