काठमाडाैं।
कुमारी बैंक लिमिटेडले जुम्लामा आफ्नो शाखा सञ्चालनमा ल्याएको छ ।
शाखा सञ्जाल विस्तार गर्ने क्रममा जुम्लाको चन्दननाथ नगरपालिका वडा नम्बर ६ मा यही मंसिर ४ गते सोमवारबाट शाखा सञ्चालनमा ल्याइएकोे बैंकले जनाएको छ ।
शाखा विस्तारसँगै उक्त क्षेत्रका व्यवसायी, उद्यमी तथा स्थानीयलाई बैंकिङ कारोबारमा सहजता हुने बैंकको विश्वास छ ।
बैंकले आगामी दिनहरूमा थप शाखा विस्तार गरेर आधुनिक बैंकिङ सेवा पुर्याउने योजना अघि सारेको छ ।
विगत २२ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकका देशभर रहेका ३०९ शाखा छन् ।
साथै बैंकले ३१५ एटीएम, ४९ एक्सटेन्सन काउन्टर तथा ६४ शाखारहित बैंकिङ इकाइहरू मार्फत अत्याधुनिक तथा प्रभावकारी सेवा प्रदान गर्दै आइरहेको छ ।
आगामी दिनमा अझ सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्दै जाने बैंकको प्रतिबद्धता छ ।