काठमाडौं ।
सरकारले सर्वाधिक कर तिर्ने करदातालाई सम्मान गरेको छ ।
गत आर्थिक वर्ष २०७९/८० विभिन्न १६ विधामा सर्वाधिक कर तिर्ने विभिन्न कम्पनीलाई अर्थमन्त्री डा. प्रकाशशरण महतले आज सम्मान गरेका हुन् ।
राष्ट्रिय कर दिवस २०८० को समापनका अवसरमा करदातालाई सम्मान प्रदान गरिएको हो । आन्तरिक राजस्व विभागले हरेक वर्ष उत्कृष्ट करदातालाई सम्मान गर्दै आएको छ ।
सम्मान गरिएका करदाता कम्पनीहरू :
सबैभन्दा बढी आयकर : नेपाल दूरसञ्चार कम्पनी (टेलिकम)
निर्यात कारोबार : डाबर नेपाल प्राली
विषेश उद्योग : यसियन पेन्ट्स
कृषि यवम पशुजन्य : ओबिसी फुड्स प्राली
सहकारी तथा लघुबित्त : छिमेक लघुबित्त
बैङ्क तथा बित्तीय संस्था : ग्लोबल आइयमइ
बिमा : लाइफ इन्स्योरेन्स कर्पोरेशन
स्वास्थ तथा शिक्षा : नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल
पर्यटन : मनोकामना दर्शन प्रल्ली
बस्तु व्यापार : भाटभटेनी सुपरमार्केट
मध्यस्तरीय करदाता : नेपाल स्टक यक्सचेन्ज
ऊर्जा : भोटेकोसी पावर कम्पनी
रेमिटेन्स : आइयमइ लिमिटेड
व्यक्ति आय : विजयकुमार शाह
आयकर, मुअकसहित सबैभन्दा धेरै कर तिर्ने र समयमै बिलबिजक बुझाउने (संस्थागत) सूर्य नेपाल प्रालि (यो दुई विधामा सम्मानित भयो)