काठमाडौं ।
चिकित्सा शिक्षा आयोगको निर्देशक पदमा नियुक्तिका लागि सोमबार तोकिएको प्रस्तुति र अन्तर्वार्ता स्थगित भएको छ ।
राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयाल संयोजक र प्रा.डा रमेशकान्त अधिकारी र प्रा.डा. बुद्धिबहादुर थापा सदस्य रहेको सिफारिस समितिले १२ जनाको नाम सिफारिस गर्दै सोमबार बिहान ८ बजे प्रस्तुति र अन्तर्वार्ताको समय निर्धारण गरेको थियो ।
शिक्षा, विज्ञान तथा सूचना प्रविधि मन्त्रालय स्रोतका अनुसार भागबन्डाको कारण प्रस्तुति र अन्तर्वार्ता रोकिएको हो ।
उनी भन्छन्, ‘कुरा स्पष्टै छ नि भाग लगाउँदा चित्त नबुझेपछि रोकियो । अरु प्राविधिक कारण के हुन्छ र ?’