सेवाग्राहीले एन आई सी एशिया लघुवित्तको कार्यालयमा तालाबन्दी लगाए
सेवाग्राहीले एन आई सी एशिया लघुवित्तको कार्यालयमा तालाबन्दी लगाए
    • उमेश बुढा

    • २२ मंसिर २०८०, शुक्रबार

 जुम्ला ।

कनकासुन्दरी गाउँपालिकाको गोठिज्युला बजारमा रहेको एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय गोठिज्युलामा सेवाग्राहीहरुले बिहीबार बेलुका ५ बजेको समयमा तालाबन्दी गरेका छन् ।

नेपाल राष्ट बैंकबाट ू घू वर्गको इजाजत प्राप्त संस्था , राष्ट्रियस्तर कार्यक्षेत्र भएको वित्तीय संस्थामा सेवाग्राहीहरुले आर्थिक रुपमा चित्त नबुझेको भन्दै कार्यालयमा तालाबन्दी गरेका छन् ।

तीन वर्षसम्म पासबुक नदिएको , ऋण लिएको किस्ता तिर्दा तिर्दै तिरिसके पनि घरमा बारम्बार पत्र पठाएर ताकेता लगाएको , आर्थिकको हिसाब नगरेकाले ताला लगाउन बाध्य भएकी हौं, धनमायाँ हमालले बताइन् ।

हमालका अनुसार बचत गर्न दिएको रुपैयाँ बचत खातामा संस्थाका कर्मचारीले नराखेको र व्याज पनि नहालेकोल किस्ता दिएको रुपैयाँ पनि खाताबाट नकटाएकाले म लगायत अन्य यस संस्थाकी सदस्यहरु ताला लगाउन पुगेकी हौं ।

संस्थाकी अर्की सदस्य कलसा दमाई भन्नु हुन्छ , हामीले घरमा भएको सिमी , आलू , धान बेचेर बचतको लागि रुपैयाँ बचत गरेकी हुँ । तर अहिले सम्म यो संस्थाले हाम्रो रुपैयाँको हिसाब किताव नगरे पछि, हामी महिलाहरुले केही निष्कर्ष पाइन्छ ,की भनेर संस्थाको कार्यालयमा ताला लगाएकी हौं ।

गोठिज्युला शाखामा म आएको लगभग १ महिना भएको छ मलाई यो शाखाको सेवाग्राहीहरुको समस्या के छ । भनेर मलाई खासै केही थाहाँ नभएको एन आई सी एशिया लघुवित्त वित्तीय संस्था शाखा गोठिज्युला शाखा प्रमुख गोविन्द धामीले बताउनु भयो ।

सेवाहीहरुको यस संस्था प्रति चित नबुचेका व्यक्तिहरुको निवेदन कार्यालयका आएका जति छन् म मुख्य कार्यालयमा पठाएर छानबिन गर्न पर्‍यास गर्दा गर्दै ताला लगाउनु भयो । म सेवाग्राही र कार्यालयको बारेमा छक्क परेको धामीको भनाई छ ।

ताला लगाउनु कुनै औपचारिता नभएको संस्थाका कर्मचारीको भनाई छ । संस्थालाई पनि पूर्व जानकारी नगराएको , प्रहरी र स्थानीय सरकारलाई पनि यो कुरा अवगत नगराएर पत्रकारलाई बोलाएर एक्कासी ताला लगाउनु कानुन विपरित भएको कर्मचारी बताउछन् । ऋण लिएको किस्ता तिर्दैनन् ,उनिहरुको घरमा किस्ता माग्न गए नदिने आएर उल्टै कार्यालयमा आएर ताला गउाउने कर्मचारीको गुनासो छ ।

यस संस्थामा आवध ५६८ जना सदस्य मध्ये लगभग २० जना जति महिलाहरुले कार्यालयमा आएर तालाबन्दी गरेकी छन् । गोठिज्युलामा शाखा सञ्चालन भएको ५ वर्ष पुगि सकेको छ ।

महिलाहरुले दुस् ख गरि कमाएको रुपैयाले एन आई सी एशिया संस्थामा बचत गरेर पनि त्यो बचत गरेको रुपैयाँ र ऋण लिएर किस्ता तिरिसकेको रुपैयाँको अहिले सम्म हिसाब नगरेकाले हामी महिलाहरु कार्यालयमा ताला लगाउन खुगेको ताला लगाउने महिलाहरु बताउँछन् ।

हामीले बारम्बार हाम्रो बचत गरेको र ऋण लिएको किस्ता तिरेको नतिरेको बारे हिसाब गर भन्दा भन्दै यस संस्थाले आर्थिक रुपमा हिसाब नगर्नु भनेको अनियमितता भएको सदस्यहरुको ठहर छ ।

बेलुकाको ५ बजेतिर लगा
एको ताला १५ र २० मिनेट पछि उनि महिलाहरुले एक वटा कोठाको ताला खुलाएकी छन् । भने अर्को कोठामा ताला नखुलाएको खुलासा भएको छ ।
ऋण दिने संस्था र ऋण लिने सदस्य दुबै उस्ता उस्तै देखिएका छन् । यस संस्था र सेवाहरुको बिच विवादको विषयमा विस्तृत बुझ्न अझै समय लाग्ने देखिएको छ ।

साताकाे चर्चित
सम्बन्धित