सुनको मूल्य घट्यो
सुनको मूल्य घट्यो
    • बेल संचार

    • २७ मंसिर २०८०, बुधबार

काठमाडौं ।

नौ दिनमै सुनको भाउ प्रतितोला ५ हजार ६०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंसिर १८ गतेयता सुन प्रतितोला ५ हजार ६०० रुपैयाँ घटेको हो ।

मंसिर १८ गते छापावाल सुन प्रतितोला १ लाख २१ हजार ६ सय रुपैयाँ कायम भएको थियो । जुन मूल्य हालसम्मकै उच्च हो ।

त्यसयता निरन्तरजसो घटेको सुनको भाउ बुधबार प्रतितोला १ लाख १६ हजार रुपैयाँमा कायम भएको छ ।

बुधबारको यो मूल्य अघिल्लो दिनको तुलनामा ३०० रुपैयाँ कम हो ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घट्दा नेपाली बजारमा पनि असर परिरहेको छ ।
त्यस्तै चाँदी प्रतितोला १ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा १० रुपैयाँ कम हो भने पुस १८ को अधिकतम मूल्यभन्दा १४५ रुपैयाँ कम हो ।
पुस १८ गते चाँदीको मूल्य हालसम्मकै उच्च प्रतितोला १ हजार ५४५ रुपैयाँ पुगेको थियो ।

साताकाे चर्चित
सम्बन्धित