नेप्से ६.५५ अंकले वृद्धि
नेप्से ६.५५ अंकले वृद्धि
    • बेल संचार

    • २८ मंसिर २०८०, बिहीबार

काठमाडौं ।

बिहीबार सेयर बजारको परिसूचक नेप्से ६.५५ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से १९९४ विन्दुमा कायम भएको छ ।

नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । अघिल्लो दिन ३ अर्ब ९० करोड रुपैयाँको कारोबार भएकोमा बिहीबार ३ अर्ब १५ करोडमा खुम्चिएको छ ।

कुल १४० कम्पनीको मूल्य बढ्दा ९१ को घट्यो भने १० को स्थिर रह्यो । अन्य समूह सबैभन्दा धेरै १.५ प्रतिशत बढ्यो ।

विकास बैंक ५२, फाइनान्स ६, होटल तथा पर्यटन ९, जलविद्युत् २४, उत्पादन २८, निर्जीवन बीमा ५५ र अन्य उपसमूह २२ अंक बढे ।

बैंकिङ ०.३४, जीवन बीमा १५, माइक्रोफाइनान्स १७ र व्यापार उपसमूह २६ अंक घटे ।

यस दिन ८ कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ । बोटलर्स नेपाल (बालाजु), हिमालयन लघुवित्त, नेपाल हाइड्रो डेभलपर्स, नेपाल रिपब्लिक मिडिया, नेपाल इन्स्योरेन्स, दोल्ती पावर, मिडसोलु पावर र मुक्तिनाथ कृषि कम्पनीको मूल्य १० प्रतिशत बढेको हो । मुक्तिनाथ कृषि कम्पनीको आजैदेखि कारोबार सुरु भएको हो । सो कम्पनीको मूल्य प्रतिकित्ता १९६ रुपैयाँ ६० पैसा कायम भएको छ ।

गुराँस लघुवित्तको मूल्य ४.९, मानुसी लघुवित्तको ४.७ र सीवाईसी लघुवित्तको मूल्य ४ प्रतिशत घट्यो ।

कारोबार रकमका आधारमा सोनापुर मिनरल्स, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स, हाथवे इन्भेस्टमेन्ट, शिवम् सिमेन्ट र आईएमई लाइफ इन्स्योरेन्स कम्पनी क्रमशः अगाडि रहे ।

साताकाे चर्चित
सम्बन्धित