एम्बुलेन्स दुरुपयोग बारे सामाजिक संजालमा चर्चा पछि वास्तविक यस्तो
एम्बुलेन्स दुरुपयोग बारे सामाजिक संजालमा चर्चा पछि वास्तविक यस्तो
    • उमेश बुढा

    • ३० मंसिर २०८०, शनिबार

जुम्ला

जुम्ला  सिँजा गाउँपालिकाद्वारा संचालित स्वास्थ्य चौकी धापा सिँजा १ जुम्ला लेखिएको क १ झ १० नम्बरको सरकारी नम्बर प्लेट भएको एम्बुलेन्सको सामाजिक सञ्जालमा व्यापक आलोचना र चर्चा भएको छ ।

व्यक्तिगत प्रयोजनको लागि प्रयोग गरिएको र भाडाकुडा, खाना पकाउने ग्यास, जस्ता दैनिक उपभोग्य सामान ढुवानी गर्नको लागि सिँजा गाउँपालिकाद्वारा संचालित एम्बुलेन्स प्रयोग गरिएको सामाजिक संजाल फेसबुकमा निकै भाइरल भएको छ ।

बिरामी लिन आउँ भन्दा विभिन्न बाहाना गर्ने, बाटो छैन् भन्ने, बिग्रेको छ भन्ने आफ्नो निजी सम्पतिको रुपमा प्रयोग गर्नाले बिरामी लिन आलटाल गरेको भनाई पनि सामाजिक संजाल लगायत स्थानियको गुनासो छ ।

एम्बुलेन्सको दुरुपयोग भएको सामाजिक संजालमा लेखिएको वास्तविकता के रहेछ भनेर हामीले त्यही सम्बन्धि जोडिएका विभिन्न व्यक्तिहरुको भनाईलाई उल्लेख गरेका छौं ।

एम्बुलेन्स चालक भन्नु हुन्छ, मंसिर २९ गते शुक्रबार दिउँसो सिँजा गाउँपालिकाको नराकोट बजार देखि सोही पालिकाको वडा वडा नम्बर ६ मा डोजर बिग्रेको छ । भनेर डोजरको मोबिल र बनाउने मिस्री लिएर जानु पर्‍यो भन्दा गाउँपालिका अध्यक्षले त्यस पछि म एम्बुलेन्स लिएर जान लाग्दा आधारभूत स्वास्थ्य केन्द वर्थिङ सेन्टर दाँतकी अनमी रुपसरा रोकायाले दाई हाम्रो वर्थिङ सेन्टरको सामान लिदिनुहोस् । भने पछि महिले सिलिन्डर ग्यास लिइदिएको हुँ , एम्बुलेन्स चालक नैन रोकायाले बेल संचारलाई बताउनु भयो ।

वर्थिङ सेन्टरमा सुत्केरीलाई तातोपानी चाहिने भएको हुँदा सिलिन्डर ग्यास लिनलाई धेरै दिन पर्‍यास गरेकी थिए । तर सिँजा गाउँपालिकाको दुर्गम ठाउँमा रहेको वर्थिङ सेन्टरमा कहिले बाटो बिग्रिएको हुन्छ, त कहिले गाडी नपाएर सामान लिन सकेकी थिइन् अनमी रुपसरा रोकायाले बताउनु भयो ।

अनवी रोकायाका अनुसार बल्ला हिजो एम्बुलेन्स भेटाएर वर्थिङ सेन्टरको सामान ल्याएको थिए । त्यही पनि सामाजिक संजालमा आफ्नो व्यक्तिगत सामान एम्बुलेन्समा ल्याएको भनेर व्यापक चर्चा परिचर्चा गरेको फेसबुक कर्ताले गरेको देख्दा मलाई त अचम्म लागिरहेको छ ।

नागरिकले प्रत्क्ष अप्रत्क्ष रुपमा सरकारलाई कर तिरेको रुपैयाँले सिँजा गाउँपालिकाका लगायत अन्य पालिकाका हरेक घटना परिघटनाका बिरामीलाई उपचारको लागि छिटोछरितो होस् भन्ने उदेश्यले स्वास्थ्य केन्दमा बिरामीलाई लिनको लागि किनेको एम्बुलेन्स अहिलेको सिँजा गाउँपालिका जनप्रतिनिधिहरुले दुरुपयोग गरेको जनगुनासो रहेको छ ।

सिँजा गाउँपालिका अध्यक्ष पुर्ण प्रसाद धितालका अनुसार ६ नम्बर वडामा डोजर मेसिन बिग्रेको ठाउँमा जानको लागि बनाउने सामान र मिस्री पुर्‍याउनका लागि पालिकामा कुनै पनि गाडी नभेटाए पछि , अन्तिममा एम्बुलेन्स पठाएको हुँ । अन्य कुरा मलाई केहि पनि थाहाँ नभएको अध्यक्ष धिलालको रहेको छ ।

सामाजिक संजालमा फेरि यो बिषय सम्बन्धि फेसबुक प्रयोग गर्ने कर्ताहरुले एम्बुलेन्स दुरुपयोग कसरी भयो रु वर्थिङ सेन्टरको सामान ल्याएको हो सत्यतथ्य बुझेर लेख्ने , पनि सामाजिक संजामा केही व्यक्ति फेसबुकमा लेखिएको छ ।

खासै एम्बुलेन्समा हामीले वडा नम्बर ६ दाँतमा रहेको वर्थिङ सेन्टरको लागि औषधी र अन्य आवश्यक सामान एम्बुलेन्समा पठाएको सिँजा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ललित रोकायाले बताउनु भयो ।

नागरिकको लागि स्वास्थ्य सेवा राम्रो र सेवा दिनको लागि स्वास्थ्य क्षेत्रसँगै जोडिएको एम्बुलेन्स प्रयोग गर्दा अन्यक थरिका सामाजिक संजाल कर्ताहरुले आलोचना गर्नु ठिक नभएको रोकाय बताए ।

साताकाे चर्चित
सम्बन्धित