कनकासुन्दरी ६ मा मेलमिलाप केन्द्रमा वड र शाही नियुक्त
कनकासुन्दरी ६ मा मेलमिलाप केन्द्रमा वड र शाही नियुक्त
    • उमेश बुढा

    • ३ पुष २०८०, मंगलवार

 जुम्ला ।

कनकाुुन्दरी गाउँपालिका वडा नम्बर ६ मा मेलमिलाप केन्द्रमा कर्ताको रुपमा जानस शाही र कर वड नियुक्ति भएका छन् ।

कनकासुन्दरी वडा नम्बर १ बाट २ जना र अरु प्रत्येक वडाका तीन तीनजना गरी पालिका भरी जम्मा २३ जना मेलमिलाप कर्तालाई ७ दिन सम्म तालिम दिएको न्यायिक समितिका दर्ता अधिकृत सुदर्शन काफलेले बताउनु भयो ।

वडा नम्बर ६ मा तीनजना व्यक्ति मध्ये २ जना व्यक्ति मानसिङ वड र चन्द वहादुर हमाल आफ्नै व्यस्तताले गर्दा बाहिर गएकाले यि दुबै जनाको कोटा खालि भए पछि फेरि अरु दुई जना वड र शाहीलाई नियुक्ति दिएर वडा नम्बर ६ को मेलमिलाप कर्ताको नामावली कनकासुन्दरी गाउँपालिका न्यायिक समितिमा सुचिकृत गराइएको पनि अधिकृत काफलेले बताए ।

कनकासुन्दरी गाउँपालिका विराट सिँजा जुम्लाको न्यायिक समितिको सचिवालयमा मेलमिलाप कर्ताको नामावली सुचिकृत भएका व्यक्तिलाई नियम कानुन र अधिकारमा रहेर समाजमा भए गरेका सानातिना मुद्दा मेलमिलाप कर्ताले गर्नु पर्ने कनकासुन्दरी गाउँपालिका उपाध्यक्ष वा न्यायिक समितिकी संयोजक प्रेमकली बुढाले बताइन् ।

मुद्दाहरुमा संविधानको धारा ११७ र स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ४९ को १ र २ तथा मेलमिलाप केन्द्र संचालन कार्यविधि २०७८ ले तोकेको काम , कर्तव्य र अधिकार भित्र रही निष्पक्ष , रुपमा मेलमिलापको प्रकृयाद्वारा समाधान गर्नको लागि मेलमिलाप कर्ताको रुपमा नियुक्ति दिएको संयोजक बुढाले बताइन् ।

प्रचलित कानुन तथा नियमको अधिनमा रही मुद्दा फैसला मेलमिलाप कर्ताले गर्ने छन् ।

साताकाे चर्चित
सम्बन्धित