सिँजा गाउँपालिकाद्वारा संचालित स्वास्थ्य चौकी धापा सिँजा १ जुम्ला लेखिएकाे क १ झ १० नम्बरको एम्बुलेन्स सिँजाकाे नौमुलीमा थला परेकाे छ ।
सिँजा गाउँपालिकाकाे नराकाेट बजार देखि १ वडामा रहेकाे धापा स्वास्थ्य चौकीमा टाइफाइडकाे भेक्सिन र औषधी लिने क्रममा सड्ककाे बिच्चैमै बिग्रेर अन्य गाडीलाई साइड नदिएकाे अन्य गाडिका चालकहरु बताउछन् ।
यदि एम्बुलेन्स बिग्रेको थियाे । तर अन्य गाडिलाई साइड दिनु पर्ने हाे । यसरी सड्ककाे बिच्चैमा राखेर अन्य गाडीलाई गन्तव्य स्थान तर्फ जान समस्या भएको पनि चालकहरुकाे गुनासाे रहेकाे छ ।
एम्बुलेन्स बिग्रे पछि तत्काल गाउँपालिकालाई खबर गरेकाे एम्बुलेन्स चालक नैन राेकायाले भने , एम्बुलेन्सकाे गेर बक्स बिग्रेको कारणले गर्दा सड्कमै रहेकाे पनि राेकायाले बताए ।
साइड लगाउनकाे लागि तानेर नसकिए पछि, सड्ककाे बिच्चैमा रहेकाे राेकायाले बताउनु भयाे ।
अब सुर्खेत नेपालगन्जबाट मिस्त्री नआउन्जेल सम्म एम्बुलेन्स सड्मै रहने देखिएकाे छ । सिँजा गाउँपालिका एम्बुलेन्स पटक पटक बिग्रेनाले सेवाहीहरुले दु: ख भाेक्नु परेकाे छ । खासै एम्बुलेन्सकाे सिँजा वासीहरुले ढुक्क भएर भर नपर्दा हुन्छ ।