जुम्ला
कपडा विहिन मानिसका लागि पुराना कपडाको सदुपयोग गर्ने गरि कपडा बैंकको स्थापना गरिएको छ ।
मानिसले एक पल्ट लगाएका पुराना फाटा कपडाको संकलन गर्ने गरि कपडा बैंक स्थापना गरिएको हो ।
घरमा लगाउन लायक कपडा संचित भएमा जिल्ला प्रशासन कार्यालयको गेटमा स्थापना भएको चन्दननाथ अर्गानिक मिनि मार्केट अगाडि कपडा बैंक स्थापना गरिएको छ ।
कपडा बैंकमा पुराना फाटेका कपडा राख्न सकिने व्यवस्था मिलाएको चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्थाले जनाएको छ । कपडा विहिन मानिस बजारमा त्यतिकै हिडेका धेरै मात्रामा भेटिन्छन् । उनिहरुलाई प्रयोग र सदुपयोग गर्न मिल्ने गरि घरमा रहेका पुराना कपडा बैंकमा दिन मिल्ने गरि गरिएको छ ।
घरमा लगाएका पुराना संचित रहेका कपडाहरु अन्य कपडा विहिन मानिसहरुको उद्दार तथा सहयोगका लागि कपडा बैंक स्थापना गरिएको चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्थाका व्यवस्थापक ऋषिराम पाण्डेले बताए ।
घरमा पुराना कपडा थन्काएर राख्नु भएको छ ।
भने , बैकमा बुझाउन पाण्डेले अनुरोध गर्नु भयो ।
पुराना कपडा दिने र आवश्यक परेमा लिन पनि सकिने बैंकमा व्यवस्था रहेको छ ।