गोरुचौरदेखि गोठिज्यूला बजारसम्म दलित सञ्जालले सरसफाई गरे
गोरुचौरदेखि गोठिज्यूला बजारसम्म दलित सञ्जालले सरसफाई गरे
    • उमेश बुढा

    • ४ असार २०८१, सोमबार

 जुम्ला ।

कनकासुन्दरी गाउँपालिका वडा नम्बर ६ को गोरुचौर , दाँते ओखरगाउँ हुँदै गोठिज्यूला बजारसम्म लक्षित वर्ग अन्तरगत दलित सञ्जालको उपस्थितिमा आइतबार सरसफाई गरिएको छ ।

मुख्य गरि यो वडाको गोठिज्युला बजारमा व्यवसाय गर्ने व्यापारीहरुले पलाष्टिक , सिसाका बोदल , फलफूल तरकारी र फाटेका लताकपडा जथाभावी बजारमा फालेर यस क्षेत्रको अन्न उत्पादन गर्ने जग्गा जमिनमा पछिल्लो समयमा उत्पादन घटेको दलित सञजालका अध्यक्ष तारा सार्कीले बताउनु भयो ।

सार्कीका अनुसार कनकासुन्दरी गाउँपालिका वडा नम्बर ६ विशेष गरि बजार क्षेत्रसँग जोडिएकाले यस ठाउँमा सरसफाई सम्बन्धि स्थानीय सरकार र संघ संस्थाले बजार वासिलाई सरसफाई सम्बन्धि सचेतनामूलक कार्यक्रम गरेर वातावरण स्वच्छ , शुद्ध र सफा राख्नको लागि दलित सञ्जालका अध्यक्ष सार्कीले सबै निकायासँग आग्रह गर्नु भएको छ ।

सो सरसफाई कार्यक्रममा जनप्रतिनिधि , टोल विकास समिति , दलित संजाल , स्थावासी र प्रहरी चौकी गोठिज्युलाका उपस्थितिमा सरसफाई गरेको दलित सञ्जालका सचिव भानु नेपालीले बेल संचारलाई जानकारी दिनु भयो ।

कनकासुन्दरीको वडा नम्बर ६ मा दलित सञ्जालले जनमुखी कार्यक्रम गरेका छन् । यसले समाजमा नागरिकलाई सरसफाई आफूबाटै गर्नु पर्छ । भन्ने शन्देश दिएको छ । तर बजारको फोहोर वस्तुले गर्दा यो वडाको अन्नवाली उत्पादनमूलक तथा माटोको उर्वरा शक्ति घटाउँदै जाने देखिएको छ । यसलाई रोकथाम गर्नलाई सम्बन्धित निकायालाईले सचेतना जगाउन जरुरी देखिएको छ ।

साताकाे चर्चित
सम्बन्धित