भारतमा रेल दुर्घटना हुँदा कम्तीमा आठ जनाको मृत्यु
भारतमा रेल दुर्घटना हुँदा कम्तीमा आठ जनाको मृत्यु
    • Bell Sanchar

    • ४ असार २०८१, सोमबार

काठमाडाैं।

भारतमा रेल दुर्घटना हुँदा कम्तीमा आठ जनाको मृत्यु भएको छ।

सोमबार एक मालबाहक रेलका चालकले सङ्केतलाई गलत रूपमा बुझ्दा ‘एक्सप्रेस रेल’को पछाडिको भागमा ठोक्किएको थियो ।

दार्जिलिङ जिल्लाको फाँसीदेवा इलाकामा कञ्चनजङ्घा एक्सप्रेस रेललाई मालबाहक रेलले ठक्कर दिँदा दुर्घटना भएको हो ।​​

यात्रुबाहक गाडीका तीनवटा पटरी रेल र रेलको लिकबाट छुट्टिई जमिनमा ढलेका छन् ।

भारतको पश्चिम बङ्गाल राज्यमा भएको यो घटना भारतको रेल नेटवर्कमा परेको पछिल्लो घटना हो । यहाँबाट हरेक दिन लाखौं यात्रुहरू ओहोरदोहोर गर्छन् ।

भारतीय रेलवे बोर्डका अध्यक्ष जया वर्मा सिन्हाले विज्ञप्ति जारी गर्दै करिब ५० जना घाइते भएको र उनीहरुलाई उपचारका लागि अस्पताल लगिएको जानकारी दिएकी छिन् ।​

सिन्हाले भनिन्, ‘एउटा मालबाहक रेलले सिग्नललाई बेवास्ता गरेर पछाडिबाट रेललाई ठक्कर दिएको प्रारम्भिक अध्ययनले देखाएको छ ।’

मृत्यु हुनेमा चालक र सहचालक, रेलका गार्ड र पाँच जना यात्रु रहेको उनले पुष्टि गरिन् ।

साताकाे चर्चित
सम्बन्धित