आज दिन भरीको वर्षा, कस्तो रहला ?
आज दिन भरीको वर्षा, कस्तो रहला ?
    • Bell Sanchar

    • ५ असार २०८१, मंगलवार

काठमाडौं

आज दिउँसो र रातिसम्म पनि यिनै चार प्रदेशमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशका बाँकी भेगका एक-दुई स्थानमा समेत हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही  स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

हाल देशको पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव छ ।

नेपालमा मनसुन भित्रिएको एक साता बितिसक्दा पनि यो प्रणाली सुस्त गतिमा अगाडि बढिरहेको छ । मनसुनी प्रणाली सुस्त गतिमा रहेकाले देशभर फैलिन अझै एक साता बढी समय लाग्ने महाशाखाले जनाएको छ ।

महाशाखाका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरका अनुसार मनसुन अहिले कोशी प्रदेशको पूर्वी र उत्तरी भेगमा केन्द्रित छ ।

मनसुन फैलिएको क्षेत्रका सबैजसो जिल्लामा वर्षात् भइरहेको छ ।

साताकाे चर्चित
सम्बन्धित