२० जनालाई पञ्चेबाजा बनाउने तालिम रामेछाको मन्थलीमा
२० जनालाई पञ्चेबाजा बनाउने तालिम रामेछाको मन्थलीमा
    • Bell Sanchar

    • ५ असार २०८१, मंगलवार

काठमाडौं

सीप प्रदान गरेर गाउँमै स्वरोजगार सिर्जना गर्ने उद्देश्यसहित मन्थली नगरपालिकाले पालिका क्षेत्रका २० जनालाई २० दिने तालिम दिएको उपप्रमुख ईश्वरी बस्नेतले जानकारी दिइन् ।

रामेछापको मन्थलीमा रहेका परियार समुदायका २० जनालाई मादल, टेम्को, ढोलक र दमाहा बनाउने तालिम दिइएको छ ।

तालिमका क्रममा पञ्चेबाजामा प्रयोग हुने दमाहा, टेम्को र ढोलक, सनाइ, झ्याम्टालगायत परम्परागत बाजा बनाउन सिकाइएको उनले बताइन्।

यी सामान लाम्पातेको काठ, बाख्रा, गोरु, भैँसीलगायत जनावरको छालाबाट बनाउने गरिन्छन् ।
कच्चापदार्थको अभाव, छाला ढुवानीलगायत समस्याका कारण पछिल्लो समय यो पेसा संकटमा छ ।

तालिमका प्रशिक्षक जब्बरबहादुर वादीले कच्चापदार्थको अभाव र नयाँ पुस्ताको अरुचिका कारण पेसा संकटमा पर्न थालेको बताए ।

साताकाे चर्चित
सम्बन्धित