फिलिपिन्सबाट नेपालका ओझासहित ३० देशका कविहरु सम्मानित
फिलिपिन्सबाट नेपालका ओझासहित ३० देशका कविहरु सम्मानित
    • Bell Sanchar

    • ५ असार २०८१, मंगलवार

काठमाण्डौं ।

विश्वका सय भन्दा बढि देशका कविहरु आवद्ध फिलिपिन्स स्थित साहित्यिक संस्था जेजाविक क्वर्डस एण्ड पोयमले नेपालका ४ कविहरुलाई प्रतिष्ठित लाउरेण्ट अवार्डबाट सम्मानित गरेको छ । अंग्रेजी माध्यममा कविता लेख्दै आएका नेपाली कविहरु सरोज ओझा, एन। पि। खतिवडा, अशोक असिम बोहोरा र विनोद दवाडीलाई उक्त अवार्ड प्रदान गरिएको हो ।

४ नेपालीसहित करिब ३० देशका सय भन्दा बढि कविहरुलाई प्रतिष्ठित लाउरेण्ट अवार्डबाट सम्मानित गरिएको हो । जुन १७ तारिकमा लाउरेण्ट अवार्ड सार्वजनिक गर्दै नेपालसहित फिलिपिन्स, भारत, संयुक्तराज्य अमेरिका, संयुक्त अधिराज्य, ब्राजिल, कोलम्बिया, क्युवा, जापान, नाईजेरिया, स्लाभाकिया, पोल्याण्ड, क्यानडा, ग्रिस, ईजिप्ट, ईटाली, रोमानिया, मेरियना आईल्याण्ड, बंगलादेश, पाकिस्तान, साईप्रस, केन्या, पोर्चुगल, हाईटी, यमन, अष्ट्र«ेलिया आदी देशका कविहरुलाई उक्त अवार्ड प्रदान गरिएको हो ।

यस अवार्ड प्राप्त गर्नेहरुमा विश्वानन्द सिन्हा, औरा बारबोसा, एन्ड्रिया एन्सिसो रुइज, महबुबुर रहमान, सरोज ओझा, डा तस्नीम उस्ताद, सरोजा कृष्णमूर्ति, पामी सन्धु, डा देवब्रत माजी, डा दीपिका भट्ट, प्युरिस्ट जाजेब्लिन्क दापोएट, नसिब होडजिक, सेल्मा कोपिक, इब्राहिम अब्दुल्लाही, एमिल पिनेट, गार्डिनर इघोर, विनोद दवाडी, डा प्रफुल्ल कुमार पाण्डा, क्रिस्टोस डिक्बासानिस, के एस लुवाङ, पृथा लाहिरी, डा. प्राण कनई राय चौधरी, डा अशोक गुलशन, गेब्रिएला ह्वाइट, मिशेल श्रीभ, डेभिड नाउस, मनोरमा साहू सुबुद्धी, अमर सिंह, लोकनाथ रथ, शिवदास स्वामी मतम, कृष्ण वालिकर, नेपोलियन टोरेस, जोएल अबर्नासोर, इफिगेनिया मेटोची, डा प्रसन्न भट्ट, डा अलेखा प्रसाद मोहराना, रमेश चन्द्र प्रधानी, जेके मार्क, कलमोनी चेबाब, लक्ष्मीकान्त दास, मुबारिज हुसेन बोर्काली, कोलिन स्किलटन, एलिसिया एम गार्सिया, फ्रिडा नोर्मा डेला क्रुज, एडना लागो, अनवारुल हक, रोनी टकर, जेनोबिया पगुनतालान, सगुनलान, अनवरुल हक जोसे लोपेज, सोमदत्त मित्रा, रोजी फिल्डिङ, रेड डेर, मार्टा लेहेतोवा, कुमार मलाय, कासिया डोमिनिक पेट्रोस के वेलौडास, एन्ड्रयू जोनाथन डेनियल, प्रसन्न कुमार महापात्रा, रोजिना ओसिना, शिवराज प्रधान, जुन भलेरियो बर्नार्डो, मोसुद फोलोरोबिफोल, डा गौर गोपाल पाल, खालिद सुलेमन, जेफ्री स्टकटन, डा फाली नेडेका, डा मोहम्मद इशाक अब्बासी, विश्वनाथ पाण्डे, डा।

ओकेचुकवु चिडोलुओ विटस, विष्णु प्रसाद सिन्हा महबुबुर, अम्ब अल रामासामी, राजकुमार स्वरस्वती, डा जैनुल हुसैन, एन पी खतिवडा, तारो होक्क्यो, रोहिणी बेहेरा, बिरेन्दु कुमार सिन्हा, मारिया भिटोरिया मासिमो, जोन तालास किचिन्मे, क्रिस्ना लाल, मारिया एल्भिरा फर्नान्डेस कोरिया, मारिया सिओबोटारिउ मारिया हेलेना पाजेटो, डा तस्नीम उस्ताद, पेट्रोस के वेलौदास, वनिता सिथी, बाबवो याकुबु, विनोद फुल्ली, मनोहर लुथरा, जोसे फर्नान्डो मचाडो, मोराभका, म्लादेनोभिक गोर्डाना एन्डोनोव्स्का, सुनील बैरागी, खालिद बौटिब, जीन सी बर्ट्रान्ड, करिन जोडसन, बदामासी इस्माइल चिकाजी, संग्राम डिंडे, ल्याडिजस्लाभ कोडोस्भारी, योगेन्द्र कुमार शर्मा, योद्धा कुमारी, योद्धा कुमार दिन , डा साजिद हुसेन, वागास मलिक, मोमर अलसुफियानी बालचन्द्रन नायर, मिशेल किम, मिशेल थॉमस, ल्क्ष्मीकान्त दास, मेना सिस्टो, माईकल हिस्लोप, जिब्रिल मोहम्मद, ईब्राहिम अब्दुल्लाई आदी छन् ।

अटल साहित्यिक कर्मको सम्मानमा उनीहरूको असाधारण साहित्यिक कार्यहरूको कदर स्वरुप उक्त अवार्ड प्रदान गरिएको जेजाविक क्वर्डस एण्ड पोयमकी संस्थापक जेजाविक मारमार्कले बताएकी छिन् ।

भावनात्मक शब्दहरू मार्फत यी कविहरूले हाम्रो ग्रहको जटिल सुन्दरतामा हाम्रो इन्द्रियहरूलाई जगाउँदै आएको अनुभूत मैले गरेको छु र कविता एवं समग्र साहित्यको लागि आफ्नो कलम समर्पित गर्ने यी कविहरूलाई सम्मान गर्न पाउँदा म निकै खुसी छु,ू उनले भनिन् ू । अवार्ड पाएपछि नेपालका कवि सरोज ओझाले उक्त सम्मानप्रति कृतज्ञता व्यक्त गर्दै विश्व साहित्यबाट प्रेरणा लिदै आफ्नो कलमलाई निरन्तरता दिईरहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

साताकाे चर्चित
सम्बन्धित