बजेटको लागि सुझाव संकलन गर्दै सिँजा गाउँपालिका
बजेटको लागि सुझाव संकलन गर्दै सिँजा गाउँपालिका
    • उमेश बुढा

    • ५ असार २०८१, बुधबार

जुम्लाको सिँजा गाउँपालिका जुम्लाले आर्थिक वर्ष २०८१।०८२ को लागि सुझाब संकलन थालेको छ । गाउँपालिकाले पालिका

स्तरका सरोकारवाला निकायहरुलाई एकै स्थानमा वोलाएर सुझाव संकलन माग गरिएको प्रमुख प्रशासकीय अधिकृत पवित्रा शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार यस पालिकाको बिकासको लागि यहाँका राजनितिकदल, नागरिक अगुवा, बुद्धिजिवि लगायत सरोकारवालाहरु संग छलफल गरेको हो ।

सुझाव संकलन कार्यक्रममा पुर्व सिँजा गाउँपालिका अध्यक्ष देवलसिंहले वातावरणीय प्रभाव मूल्यांकन गरेर सडक तथा भौतिक संरचना निर्माण गर्न सुझाव दिनुभयो । उहाँले सिंजा सभ्यताका जगेर्ना गर्दै सामुदायिक लाभ लिने योजना छनौट र समन्यव सहकार्य गर्न अनुरोध गनुभयो ।

कृषि क्षेत्रमा माटोको परिक्षण गरेर जुन वस्तु माटोले मागेको छ । त्यहि वस्तुको लागि बकेट क्षेत्र बनाएर कृषिमा अन्न, फलफूल उत्पादन गर्ने खालको निति तथा योजना ल्याउनु पर्ने देखिएको नेपाली काङ्ग्रेस पार्टी सभापति गोविन्द शर्माले शुझाव राख्नु भयो ।

गाउँपालिकाको आ।ब। २०८१÷०८२ को निति कार्यक्रम तथा बजेटका लागि सर्वपक्षिय सुझाव संकलन गरेको कार्यक्रममा राजनैतिकदल, सामाजिक क्षेत्रका व्यक्ति देखी अगुवा व्यक्तिहरुले सुझाव दिनुभएको छ ।

गाउँपालिकाका अध्यक्ष पूर्ण प्रसाद धितालले हरेक बर्ष बजेट ल्याउनु भन्दा पहिले यहाका सरोकारवाला संग सुझाब संकलन गर्ने गरेको बताउनुभयो । उहाँका अनुसार सरोकारवाला सँगको अन्तरक्रिया पछि बिषयगत शाखामा पनि यस्ता सुझाव संकलन गरिनेछ । सिँजा गाउँपालिकालाई समृद्ध बनाउनका लागि स्थानीय सरकारले एक्लै नसक्ने भन्दै सबैसंग सहकार्य गरेर जाने प्रतिवद्धता जनाउनु भयो ।

गाउँपालिका उपाध्यक्ष सितली रोकायाका अनुसार सरोकारवाला निकायले दिएका राम्रा सुझाव ग्रहण गरिने बताउनुभयो । उहाँले सिँजा गाउँपालिकाको सोचे अनुसारको विकासका लागि सवैको सहकार्य र सहयोग आवश्यक रहेकोमा जोड दिनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत पवित्रा शाहीका अनुसार यहाँको आबश्यकताका आधार बजेट ल्याउनको लागि अन्तरक्रिया कार्यक्रम गरेको हो । उहाँका अनुसार यो एउटा शुसासनको एउटा पाटो पार्टी जनस्तरबाट आयका सुझाब ग्रहण गरि पालिकाले बजेट बनाउँछ । यसको लागि पालिकाले हरेक वर्ष नीति तथा कार्यक्रम ल्याउनु भन्दा पहिला सरोकारवालासँग छलफल चलाएका हौं।

उक्त कार्यक्रममा विभिन्न राजनितीक दलका प्रतिनिधि, शिक्षक, सामुदायिक वन समिति प्रतिनिधि, पूर्व जनप्रतिनिधि, शुरक्षा कर्मी, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

सुझाव संकलन कार्यक्रममा सुझाव राख्ने व्यक्तिहरुले सिँजालाई सम्वृधि बनाउनलाई पहिला कृषि उत्पादन गरेर आर्थिक हिसावमा किसानले आय आर्जन गरेर आत्म निर्भरता भएमा बल्ला विकास गर्न सकिने र शिक्षा लाई पहिलो प्राथमिकतामा राखेर विकास गर्नु पर्ने देखिन्छ ।

साताकाे चर्चित
सम्बन्धित