हिमा १ र सिँजा ५ मा कृषकलाई भेडा वितरण
हिमा १ र सिँजा ५ मा कृषकलाई भेडा वितरण
    • उमेश बुढा

    • ७ असार २०८१, बिहीबार

 जुम्ला ।

हिमा गाउँपालिका वडा नम्बर १ को आचार्यलिही मा र सिँजा गाउँपालिकाको फोई चौरमा कृषकलाई बिहिवार भेडा वितरण गरिएको छ ।

आर्थिक वर्ष २०८० र ०८१ को बजेटले साझेदारीमा भेडा वितरण गरिएको हो । भेडा पालिरहेका किसानलाई थप भेडा दिएर उनिहरुले व्यवसायी रुपमा पालन गरि भेडा उत्पादनमा हौसला बढाउनको फागि थप भेडा दिएको पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाका योजना प्रमुख धन वहादुर बाँनियाले बताउनु भयो ।

बानियाका अनुसार पालिरहेका भेडा र दिएका भेडाबाट उनिहरुले भेडाको उनबाट राडिपाखी, लिहू , बुनेर पनि आयआर्जन गरुन र भेडा बेचेर पनि आम्दानी गरेर उनिहरुको जीवनमा परिवर्तन आहोस् भन्ने उद्येश्यले भेडा दिएका हो ।
हिमा गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष रतन वहादुर शाहीका अनुसार भेडा पालिरहेका किसानलाई छनोट गरि वडा नम्बर १ का २० जना भेडा पालक कृषकलाई भेडा दिएको बताए ।

हिमा गाउँपालिकाकाबाट भेडा खरिद नगर्ने मापदण्ड भएकोले अन्तै पालिकाकाबाट पूर्व बन्या भेडा पकेट सञ्चालन समुहले भेडा खरिद गरेर वितरण गरिएको हो ।

तिन पक्ष साझेदारीमा पशु अस्पताल तथा पशु सेवा कार्यालयबाट ५० प्र तिशत , हिमा गाउँपालिकाबाट ३० प्रतिशत र सोही समुहबाट २० प्रतिशत लगानीबाट भेडा खरिद गरेर वितण गरेको अध्यक्ष शनहीले बताए ।

शाहीले भने पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाबाट ७ लाख, हिमा गाउँपालिकाबाट ३ लाख र समुहबाट ४ लाख गरि साझेदारीतनमा भेडा खरिद गरेर वितरण गरिएको हो ।

हिमा १ का २० जना कृषकलाई ८८ वटा भेडा र २ वटा थुमा वितरण गरिएको छ । एक जना कृषक बराबर ४ वटा भेडा दिइएको हो ।

उक्त कार्यक्रमको प्रमुख अथिति वा हिमा गाउँपालिका उपाअध्यक्ष सुर्पना शाहीका अनुसार किसानलाई दिएका भेडा आफन्त वा पाहुना आएको बेला काटेर आइ हाल्ने , इष्टमित्रलाई दिहाल्ने नगर्नु होला भनेर आग्रह गर्नु भयो । दिएको भेडाबाट धेरै उत्पादन गरेर अन्य कृषकलाई बिउको रुपमा दिने उनबाट भन्ने वस्तु उत्पादन गरि भेडनको मासू र भेडा बेचेर आम्दानी गर्नको लागि भेडा दिएको उपाध्यक्ष शनहीले बताइन् ।

त्यस्तै गरि सिँजा गाउँपालिकाको वडा नम्बर ५ मा पनि कृषकलाई भेडा वितरण गरिएको छ । पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाबाट ७ लाख , सिँजा गाउँपालिकाबाट २ लाख ८० हजार र समुहबाट ४ लाख बजेटमा साझेदारी गरेर ८७ वडा भेडा र ३ वडा थुमा दिएको योजना प्रमुख बानियाँले भने , २७ जना कृषकलाई दुई दुई वटा र ११ जनालाई तीन तीन वटा दिएको हो । गोरा गाउँमा १ वटा , शनिगाऊमा १ वडा र फुंग्र गाउँमा १ वटा थुमा दिएको बानियाँले बताए ।

फोईचौर भेडा पकेट समुह सिँजा ५ का ३८ जना कृषकलाई भेडा वितरण गर्दा गोला प्रथाबाट वितरण गरीएको सिँजा गाउँपालिका पशुपंन्क्षी शाखा प्रमुख मित्रलाल धितालले बताए ।

यसरी साझेदारीमा बजेट एकरुपता गरेर समुहले भेडा हिमा गाउँपालिकामा रहेको भेडा फमबाट खरिद गरेर ल्याएर वितरण गरिएको धितालले बताए

हाम्रो समुहको थोरै लगानीले धेरै भेडा पाउँदा हामी किसान खुसी भएको काली वहादुर शाहीले भने , पशु अस्पताल जुम्ला र सिँजा गाउँपालिकाले हामी भेडा पालक किसानलाई यसरी भेडा दिएकोमा हामी किसान खुसी भएका छौं ।

भेडाबाट किसानले आय आर्जन गरि उनिहरुले आफ्नो जीवनमा आर्थिक आम्दानी गर्नमा टेवा पुर्‍याउने उद्येश्यले तीन पक्षबिच साझेदारी गरेर भेडा वितरण गरिएको छ ।

उक्त कार्यक्रममा कृषक , जनप्रतिनिधि , स्थानीय , प्रहरी , पत्रकारको उपस्थितिमा भेडा वितरण गरिएको छ ।

साताकाे चर्चित
सम्बन्धित