हामीसँग जादुयी नम्बर छ, पूरै ५ वर्ष सरकार चलाउँछु कार्यकर्तामाँझ प्रचण्डको दाबी
हामीसँग जादुयी नम्बर छ, पूरै ५ वर्ष सरकार चलाउँछु कार्यकर्तामाँझ प्रचण्डको दाबी
    • बेल संचार

    • ८ असार २०८१, शनिबार

काठमाडाैं |

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो दल नेकपा (माओवादी केन्द्र)सँग संसदमा  ‘जादुयी नम्बर’ भएकाले पूरै समय नै आफूले सरकार चलाउने दाबी गरेका छन् ।

पार्टीनिकट तामाङ मुक्ति मोर्चाको महाधिवेशनलाई शनिवार सम्बोधन गर्दै उनले आफू नेतृत्वको सरकार २०८४ सम्म टिक्ने भएकाले ढुक्क भएर काम गर्न कार्यकर्तालाई आग्रह गरे ।सरकार ढलिहाल्छ भनेर बाहिर चलेको हल्ला पत्याउनु नहुने प्रचण्डको भनाइ थियो ।डेढ वर्ष भयो म सरकारमा बसेकै छु । तरिका मिल्यो भने पूरै अवधि ५ वर्ष नै काम गरिन्छ । तपाईँहरू पनि ढुक्क भएर काम गर्नू । हामीलाई हटाउन सजिलो छैन । संसद्मा थोरै सिट छ भनेर चिन्ता गर्नु पर्दैन ।

हाम्रो जादुयी नम्बर छ,’ उनले भने, ‘त्यो जादुले अनेक गरेर मिलाइहाल्छ । चिन्ता लिनुपर्ने केही छैन । तैपनि हामीले राजनीतिक दलहरूसँग जे सम्झौता गरेका छौँ । त्यो समझदारीप्रति हामीले जहिले पनि इमान्दारिता अपनाएका छौं ।

इमान्दारीपूर्वक नै कार्यान्वयन गर्नेछौं । त्यसैले आज के हुन्छ, भोलि के हुन्छ भन्नु बेकारको कुरा हो । त्यतातिर तपाईँहरूले दिमाग लगाउनै पर्दैन, ढुक्क भएर काम गर्नुहोस् ।’

साताकाे चर्चित
सम्बन्धित