क्यालिफोर्निया ।
अमेरिकी खर्बपति व्यापारी एलन मस्कको विद्युतीय कार बनाउने कम्पनी टेस्लाले १४ प्रतिशत कर्मचारीलाई कामबाट निकालेको छ । आफूले हेरेको डकुमेन्टहरूले यस्तो देखाएको भन्दै सीएनबीसीले समाचार छापेको छ ।सन् २०२३ यता कम्पनीले अस्थायी कर्मचारी समेत गरेर भारी मात्रामा कर्मचारी कटौती गरिरहेको थियो । यो वर्षको अहिलेसम्मको अवधिमा जागिरबाट निकालिएका कर्मचारीको सङ्ख्या १४ प्रतिशतमाथि पुगेको बताइएको छ ।अहिले विश्वभर कम्पनीका कूल १ लाख २१ हजार कर्मचारी छन् । यो कर्मचारीको सङ्ख्या कम्पनीले तलबसम्बन्धी डेटाबाट लिइएको होइन । टेस्लाको इमेलको ‘सबै जना’ को सूचीमा रहेको मान्छेको सङ्ख्या हो । यो भनेको गएको वर्षको तुलनामा १४ प्रतिशत कम हो ।
जुन १७ मा मस्कले कम्पनीमा कार्यरत सबै जना कर्मचारीलाई एउटा इमेल पठाएका थिए । आगामी केही दिनमा कम्पनीले अभूतपूर्व प्रदर्शन गर्ने कर्मचारीलाई स्टक अप्सन (बेच्न मिल्ने शेयर) दिनका लागि विस्तृत समीक्षा गर्ने इमेलमा भनिएको छ ।