जुम्लामा आठ स्थानीय तहले ल्याए, नीति तथा कार्यक्रम र बजेट
जुम्लामा आठ स्थानीय तहले ल्याए, नीति तथा कार्यक्रम र बजेट
    • उमेश बुढा

    • ११ असार २०८१, मंगलवार

जुम्ला

जुम्लाका आठै पालिकाले नयाँ आर्थिक वर्ष ०८१÷०८२ का लागि नीति तथा कार्यक्रम ल्याएका छन् । यहाँका एक नगरपालिका र सात गाउँपालिकाले बजेटसहित नीति तथा कार्यक्रम ल्याएका हुन् ।
स्थानीय तहले असार १० गते अनिवार्य नीति तथा कार्यक्रम र बजेट ल्याउने राज्यको नीति रहेको छ ।

सोही बमोजिम यहाँका आठै स्थानीय तहले नीति तथा कार्यक्रम र बजेट ल्याएका हुन् ।
चन्दननाथ नगरपालिकाले नीति तथा कार्यक्रमसहित ६७ करोड १० लाख ३४ हजार १०९ रुपियाँको बजेट ल्याएको छ । नगरपालिका उपप्रमुख रामदेवि खड्काले १३ औँ नगर सभामा आगामी आर्थिक वर्ष ०८१÷०८२ का लागि बजेट प्रस्तुत गरेकी हुन् ।
सिंजा गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ४१ करोड २१ लाख ५६ हजार रुपियाँ बजेट ल्याएको पालिका अध्यक्ष पूर्णप्रसाद धितालले बताए ।

उनले भने नयाँ आर्थिक वर्षका शिक्षालाई विशेष प्रथामिकता दिएका छौँ । कुल बजेटको २१ प्रतिशत शिक्षा क्षेत्रमा विनियोजन गरिएको छ । पुर्वाधार, पर्यटन, कृषि क्षेत्रलाई पनि प्रथामिकता दिएको छ ।
तातोपानी गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ४९ करोड ४० लाख एक हजार ८७९ रुपियाँ बजेट ल्याएको गाउँपालिका उपप्रमुख रेवती रावलले बताइन् । विशेष गरी शिक्षा स्वास्थ्य कृषि, उद्योग, ग्रामिण सडक निर्माणमा प्रथामिकता राखेर बजेट ल्याएको गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईले बताए ।
पुराना नीति तथा कार्यक्रमलाई यथावत राखेर महिला र दलितलाई लोकसेवा तयारी कक्षा, सय भन्दा बढी भेडा पाल्नेलाई गोठालो भत्ता, एकल पुरुष भत्ता, कृषि बीमा, महिला स्वास्थ्य स्वयम सेविका सञ्चार सुविधा, अन्तरजातीय विवाह प्रोत्साहनसहित नीति तथा कार्यक्रम समेटिएको छ ।

तिला गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ४७ करोड ८४ लाख २० हजार रुपियाँ बजेट ल्याएको गाउँपालिका अध्यक्ष मोतिलाल रोकायाले बताए । उनले भने विशेषगरी विपद्, खडेरी, ग्रामिण सडक निर्माण, खानेपानी, स्वास्थ्य शिक्षा, कृषिसहित नीति तथा कार्यक्रम बजेटमा प्रथामिकता राखिएको छ ।
हिमा गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रमसहित ४९ करोड ४१ लाख ९० हजार रुपियाँ बजेट ल्याएको सूचना हिमा गाउँपालिका उपाध्यक्ष सुर्पना शाहीले बताइन् निति तथा कार्यक्रमको प्रतिवेदन उपाध्यक्ष शाहीले प्रस्तुत गर्नु भएको थिए ।

त्यस्तै गरि कनकासुन्दरी गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ५१ करोड २ लाख २५ हजार ६ सय ४६ रुपियाँको बजेट ल्याएको छ । विशेष गरी शिक्षालाई प्रथामिकतामा राखिर नयाँ बजेट ल्याएको सुचना अधिकृत नेत्र खत्रीले बताए ।
पातारासी गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रमसहित ४४ करोड ४९ लाख ६० हजार रुपियाँ बजेट ल्याएको उपप्रमुख जनमाया रोकायाले बताइन् ।
गुठीचौर गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रमसहित गत वर्षको एक करोड १३ लाख अल्यासहित ४१ करोड १० लाख ४९ हजार रुपियाँ बजेट ल्याएको गाउँपालिका प्रबक्त अर्जुन महताराले बताए ।

साताकाे चर्चित
सम्बन्धित