बजेट अभावले रोकियो निर्यातमा दिइँदै आएको अनुदान
बजेट अभावले रोकियो निर्यातमा दिइँदै आएको अनुदान
    • बेल संचार

    • ११ असार २०८१, मंगलवार

काठमाडाैं ।

नेपालमा उत्पादन भएका सामग्री निर्यातमा उपलब्ध गराउने नगद प्रोत्साहन अनुदान रकम रोकिएको छ । बजेट अभावले गर्दा निर्यातमा वितरण गरिँदै आएको  अनुदानबापतको रकम रोकिएको हो ।

चालु आर्थिक वर्षमा विनियोजन गरेको ९० करोड रुपैयाँ वितरण गरिसकेपछि उद्योग विभागले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत् अर्थ मन्त्रालयसँग दुई अर्ब १० करोड रुपियाँ थप माग गरेको थियो । अर्थ मन्त्रालयले समयमै रकम निकासा नगर्दा उद्योगीले रकम पाउन सकेका छैनन् । चालु आवमा मुलुकबाट निर्यात भएका विभिन्न सामग्रीबापत प्रोत्साहन अनुदान दुई अर्ब ६३ करोड रुपियाँ भुक्तानी गर्न बाँकी रहेको उद्योग विभागले जनाएको छ । चालु आवका लागि निर्यातमा अनुदान प्राप्त गर्न सरकारले ९० करोड विनियोजन गरेको थियो । यो वितरण भइसकेको छ ।

आजको गोरखापत्र दैनिक खबरबाट साभार ।

साताकाे चर्चित
सम्बन्धित